गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:२६
Dho

बाजुरामा धारिलो हतियार प्रहार गरी घाइते बनाई फरार भएका तीन जना अभियुक्त पक्राउ

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, बैशाख ०७, २०७९
बाजुरामा धारिलो हतियार प्रहार गरी घाइते बनाई फरार भएका तीन जना अभियुक्त पक्राउ

बाजुरामा धारिलो हतियार प्रहार गरी दुईजना युवालाई घाइते बनाई फरार रहेका तीजना अभियुक्त प्रहरीले पक्राउ गरेको छ ।

बुढीनन्दा नगरपालिका–१ भारतीस्थित कौसाडीमा सदरमुकाम मार्तडीदेखि जगन्नाथ तर्फ जादै गरेको प्रदेश नं.२,००१च०११३ नम्बरको सवारी साधनमा सवार यात्रु जगन्नाग गाउँपालिका–१ का २१ वर्षीया केशब कामी र २४ वर्षीय चन्दलाल विकलाई धारिलो हतियार र ढुङ्गा प्रहार गरी घाइते बनाएर फरार भएका स्वामिकार्तिक खापर गाँउपालिका–३ जुकोट बस्ने २१ वर्षीय उत्तम सिंह, २१ वर्षीय अनिल सिंह र २० वर्षीय उपेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला सदरमुकाम मार्तडीबाट २०७८ साल चैत्त २८ गते राती ९ बजेको समयमा जगन्नाथ तर्फ जादै गरेको जिपमा सवार यात्रुहरु मध्ये कामी र विकलाई आक्रमण गरी धारिलो हतियार र ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएको थियो । धारिलो हतियार तथा ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाई फरार भएका प्रतिवादी सिंह र शाहीलाई प्रहरीको टोलीले घटना भएको केही दिनमै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

घाइतेहरुको दाजु दलवीर विकको जाहेरीले ज्यान मार्ने उद्योग मुद्दा दर्ता भई बाजुरा जिल्ला अदालतबाट ९ दिन म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते केशब कामीको हाल नेपालगञ्ज नर्सिङ होमको सघन आईसीयू र अर्का घाइते चन्दलाल विकको पनि सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
 

प्रतिक्रिया