गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५२
Dho

कोल्टी बजार दुर्गन्धीत बन्दै, डम्पीङ साईड प्रयोग विहीन

गाैमुल खबर गाैमुल खबर
बुधबार, बैशाख ०७, २०७९
कोल्टी बजार दुर्गन्धीत बन्दै, डम्पीङ साईड प्रयोग विहीन

बाजुरा : बुढीनन्दा नगरपालिकाको कोल्टी वजारको फोहोरले वजार दुर्गन्धित बन्दै गएको छ । वजारमा रहेका होटल तथा पसल बाट उत्पादन हुने फोहोर फाल्ने डम्पीङ साईड नहुँदा वजार आसपासमै फोहोर थुप्रीनाले वजार दुर्गन्धित बन्दै गएको हो । जथाभावि फोहोर फाल्नाले विभिन्न किसिमका सुरुवा रोगहरुको संक्रमणको खतरा पनि बढेको छ ।  

वजार क्षेत्रको फोहोरको ब्यबस्थापन गर्ने जिम्मा स्थानिय सरकारलाई दिइएको छ । बुढीनन्दा नगरपालिकाले फोहोर ब्यबस्थापनका लागि अहिले सम्म पनि डम्पीङ साईड बनाउन सकेको छैन । निर्वाचित भएका जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दा पनि डम्फीङ  साईड बनाउन सकेका छैनन् । 

नगरपालिकाले फोहोर ब्यबस्थापनका लागि वडा नं. ७ मा डम्पीङ साईड बनाउने भनेर निर्णय पनि गरेको थियो । वडा नं. ७ मा डम्पीङ साईड वनाउनका लागि  नगरपालिकाले २ करोड ७० लाख खर्च गरिसकेको छ । तर अहिले सम्म डम्पीङ साईड बन्न सकेको छैन । वजारको फोहोर वजारमै थन्किएको छ । 

नगरपालिकाको निर्णय कागजमै सिमित बनेको छ । वजारको फोहोर ब्यबस्थापनमा नगरपालिकाले अहिले सम्म चासो नदिएको नागरिकहरुको गुनासो छ । नगपालिकाले डम्पीङ साईड बनाउने भनेको ठाउँमा अहिले सम्म पनि डम्पीङ  साईड निर्माण हुने सकेको छैन ।  डम्फीङ साईड बनाउने भनेको वडा नं. ७ मा विवाद आएपछि स्थानियले जग्गा दिन नमानेपछि बनाउन नसकिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा डम्पीङ साईड बनाउने भनेर अघिल्लो आर्थिक वर्षमा आएको १ करोड रकम फ्रीज गएको छ । तर नगरपालिकाले डम्पीङ साईड बनाउन सकेको छैन । पहिले बनाउने भन्ने ठाउँमा करोडौ खर्च भईसकेको भएपनि नगरपालिकाले कुनै वास्ता गरेको छैन । जग्गा उपलब्ध नहुँदा डम्पीङ साईड बनाउन ढिलाई भएको उपप्रमुख सृष्टि रेग्मीले बताएकी छन । 

फोहोर फाल्ने डम्पीङ साईड नहुदा वजार आसपासमा फोहोर फाल्ने गरिएको छ । कुहिने तथा नकुहिले फोहोर जथाभावि फाल्नाले सरुवा रोगको संक्रमणको खतरा बढेको छ । स्थानिय सरकार आएको पाँच वर्ष वित्न लागि सक्यो । अहिले सम्म फोहोर ब्यबस्थापनका लागि नगरपालिकाले कुनै चासो दिएको छैन । जथाभावि फोहोर फाल्नाले वजार दर्गन्धित त बनेको नै छ रोगहरुको पनि खतरा रहेको स्थानिय टेकेन्द्र खत्रिले बताए । 

यता वजारमा उत्पादन हुने फोहोर संकलन गरी डम्पीङ साईड सम्म पुगाउन ट्याक्टर पनि अहिले सम्म नगरपालिकाले ल्याउन सकेको छैन । वजारमा उत्पादन हुने फोहोर वस्तु वजारमै थन्किन थालेको छ भने नगरपालिका मुखदर्शक बनेको छ ।

प्रतिक्रिया