गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:५०
Dho

रेडियो गौमुल सञ्चालन समिति सदस्य विकलाई पितृ शोक

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, भदौ ०७, २०८१
रेडियो गौमुल सञ्चालन समिति सदस्य विकलाई पितृ शोक

बाजुरा : रेडियो गौमुलका सञ्चालन समिति सदस्य तिलक विकलाई पितृ शोक परेको छ । गौमुल गाउँपालिका–६ बाम्नी स्थायी घर भएका विकका ९० वर्षीया बुबा गगने विकको आफ्नै निवासमा निधन भएको छ ।

विगत केही महिनादेखि दम रोगबाट ग्रसित विक बिरामीका कारण एकसातादेखि थला परेका थिए । घट्मुना आधारभूत अस्पतालमा उपचारपछि घरमा गएका विकले देह त्याग्नुभएको पारिवारिक श्रोतले जनाएको छ ।

विकको आज बिहाना १० बजे संगम स्थल बुढीगंगा नदी घट्मुनामा अन्तिम दाहासंस्कार गरिने भएको परिवारको भनाई रहेको छ । संस्कारमा उपस्थितिका लागि समेत परिवारले सबैमा अनुरोध गरेको छ । 

प्रतिक्रिया