गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२७
Dho

विद्युतीय उपकरण कार्यमा सतर्कता अपनाउन उपभोक्तालाई प्रशासनको आग्रह

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ ०६, २०८१
विद्युतीय उपकरण कार्यमा सतर्कता अपनाउन उपभोक्तालाई प्रशासनको आग्रह

बाजुरा : जिल्ला प्रशासन कार्यालय बाजुराले विद्युतीय उपकरण कार्यमा सतर्कता अपनाउन नागरिकहरुलाई आग्रह गरेको छ । प्रशासन कार्यालयका तर्फबाट सूचना जारी गर्दै विद्युतीय उपकरण सम्बन्धी कार्यमा सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको हो ।

जिल्लामा पछिल्लो समय दिन प्रतिदिन करेन्ट लाग्नेक्रम बढीरहेको छ । स्वयंम नागरिक नै सचेत नभएसम्म जोखिम बढीरहने भएकोले कुनैपनि व्यक्तिबाट लापरबाही नगर्न भनिएको छ । दुर्घटना बढ्दै गएको भन्दै सचेत हुन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जारी गरेको अपिल पत्रमा उल्लेख छ ।

यस्ता घटनाबाट नागरिक तथा कामदारको ज्यान गएको, अपाङ्ग अशक्त हुने जस्ता घटना बढेको भन्दै प्रशासनले सावधानी अपनाई मात्रै विद्युतीय काम गर्न गराउन सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेले बताएका छन् । प्रशासनले सावधानी अपनाउनु भनी पाँच बुदाँ मार्फत सचेत गराएको छ ।

माईक्रोहाईड्रो र राष्ट्रिय प्रशारण लाईनको क्रसिङ सेक्सनमा काम गर्दा सम्बन्धीत निकायहरु बीचमा आवश्यक समन्वय गरेर मात्रै काम गर्नुपर्ने, विद्युत लाईन सटडाउन भएको सुनिश्चित गर्न सम्बन्धीत कार्यालयको प्रतिनिधि खटाउने, विद्युत सम्बन्धी कार्य दक्ष कामदारबाट मात्रै गराउन सूचनामार्फत आग्रह गरेको छ ।

त्यस्तै विद्युत सम्बन्धी कार्यगर्दा सुरक्षा सम्बन्धी उपकरण पूर्ण रुपमा प्रयोग गरेर मात्रै गर्ने र विद्युत सम्बन्धी कार्य गर्दा उचित सुरक्षा र सावधानी अपनाएर मात्र काम गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लामा विद्युतकै कारण केही वर्षयता मात्रै ११ जना नागरिकले ज्यान गुमाएका छन् भने दर्जन बढी घाइते भएका छन् । सम्बन्धीत निकायको चरम लापरवाही, अस्तव्यस्त लाईन विस्तार, व्यक्तिगत असावधानी र अप्राविधिक जनशक्तिकै कारण ज्यान गुमाउनु परेको अवस्था छ ।

May be an image of text

प्रतिक्रिया