गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:४२
Dho

यो सरकारलाई प्रतिफल नदेखिनेगरी काम गर्ने छुट छैन : प्रधानमन्त्री

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बिहीबार, भदौ ०६, २०८१
यो सरकारलाई प्रतिफल नदेखिनेगरी काम गर्ने छुट छैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जनताका समस्या समाधान र अधिकार सुरक्षित गर्न कटिवद्ध रहेको बताएका छन्।  बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले जनताका निराशाहरूलाई चिर्नेगरी सरकारले काम गरिरहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले प्रतिफल नदेखिनेगरी काम गर्ने सुविधा आफू नेतृत्वको सरकारलाई नभएको दावी गरे। 'जनतामा निराशा नहोस्, आशावादी जागोस् कामना मात्रै गरिरहेको छैन, जनताले या कसैले पनि औंलो ठड्याउने ठाउँ नहोस् हामीलाई कुनै गल्ती गर्ने अथवा  कुनै अन्यौल सृजना हुनेगरी काम गर्ने, अथवा प्रतिफल नदेखिनेगरी काम गर्ने कुनै सुविधा छैन र  कुनै छुट पनि छैन,'उनले भने।

उनले गरिबीको रेखामुनि रहेका जनतालाई उठाउने अभिभारा आफ्नो काँधमा आएको बताए। उनले भने,'२१ औ शताब्दीमा हामी गरिबीको दुष्चक्रमा छौं।  २० प्रतिशतभन्दा माथि जनता गरिबीको रेखामुनि छन्। यसबाट जनतालाई उठाउनुछ।'

उनले सन् २०३० सम्म दिगो विकास गन्तव्य प्राप्त गर्नु्पर्ने बताए।  प्रधानमन्त्री ओलीले मुलुकमा विभिन्न क्षेत्रमा समस्या भएपनि त्यसको समाधान गर्न दत्तचित्र भएर काम गरिरहेको जिकिर गरे। 

सरकारमा नेपालको राजनीतिकमा ऐतिहासिक भूमिका खेलेका र ऐतिहासिक भूमिका पूरा गरेर आएका दलहरू रहेको बताउँदै यिनीहरूले मुलुकका लागि  ऐतिहासिक काम गर्ने विश्वास व्यक्त गरे। मुलुकमा विगतको तुलनामा विकास भएपनि अझै सोचेजस्तो विकास हुन नसकेको बताए।

प्रतिक्रिया