गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२२
Dho

हैजा सङ्क्रमितको संख्या ५८

गाैमुल खबर गाैमुल खबर
बुधबार, भदौ ०५, २०८१
हैजा सङ्क्रमितको संख्या ५८

काठमाडौँ । नेपालमा हैजा सङ्क्रमितको संख्या ५८ जना पुगेको छ । विभिन्न जिल्लामा  सङ्क्रमित थपिएसँगै देशभर हैजा सङ्क्रमित संख्या ५८ पुगेको हो ।९ईडीसीडी० शाखाका अनुसार ललितपुरमा मात्र ४१ जना हैजा सङ्क्रमित छन् ।

यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा ७ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने  भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।

प्रतिक्रिया