गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:४७
Dho

बडीमालिका दर्शन गर्न गएकी वृद्धालाई लेक लाग्यो, हेलिकप्टर मार्फत सुर्खेत पठाईयो

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, भदौ ०१, २०८१
बडीमालिका दर्शन गर्न गएकी वृद्धालाई लेक लाग्यो, हेलिकप्टर मार्फत सुर्खेत पठाईयो

बाजुरा : धार्मिक आस्थाको शक्ति केन्द्र बडीमालिका दर्शन गर्न गएका एक जनालाई लेक लागेको छ । अक्सिजनको कमीको कारणले लेक लागेको बुझिएको छ ।

लेक लाग्नेमा अछामको चौरपाटी गाउँपालिका–५ लुङग्राकी ६३ वर्षीया वृद्धा पवना खड्का रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देव बहादुर चौधरीले बताएका छन् ।

यहीँ भाद्र २ गते अर्थात् आईतबार लाग्ने मेलामा दर्शनका लागि जाँदै गर्दा बीच बाटोमा लेक लागेर अक्सिजन अभाव भएपछि शनिबार दिउँसो नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको लागि सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले गौमुल खबरसंग बताएका छन् ।

प्रहरीका अनुसार खड्का त्रिवेणी पाटनमा शुक्रबार राति नै बिरामी भएकी थिइन् । खड्काको अवस्था गम्भीर रहेको बताईएको छ । 
 

प्रतिक्रिया