गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३३
Dho

संघीयताको मर्म र भावना विपरित काम हुनु दुर्भाग्य : वडा अध्यक्ष रोकाया

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन ३२, २०८१
संघीयताको मर्म र भावना विपरित काम हुनु दुर्भाग्य : वडा अध्यक्ष रोकाया

बाजुरा : गौमुल गाउँपालिका ६ का वडा अध्यक्ष प्रकाश बहादुर रोकायाले संघीयताको मर्म र भावना विपरित काम हुनु दुर्भाग्य भएको बताएका छन् ।

रेडियो गौमुलको नियमित कार्यक्रम गौमुल बहसमा कुरा गर्दै उनले देशमा संघीयता आएपछि सिंहदरबार गाउँ–गाउँमा आएपनि त्यसको कार्यान्वयनमा बद्मासी हुन थालेको आफुलाई महसुस भएको बताएका छन् ।

संघीयताको उद्देश्य एकातिर र काम अर्कोतिर हुदाँ जनताले न्याय पाउन सक्दैनन् भन्ने निराशा समेत आफुमा जागृत हुन थालेको समेत उल्लेख गरेका छन् ।

असीमित जनताका समस्या समाधान गर्न हालसम्म नसकेको बताउँदैं दुई कार्यकालमा अझैं जनताका जनजीविकासंग जोडिन नसकेको आभाष हुने गरेको बताएका छन् ।

जनता जनार्दन हुन भन्ने ठम्याई सबैमा हुनुपर्छ भन्ने हो, तर केही व्यक्तिको आफन्तवादले आफ्नो सेरोफेरोमा नछोड्ने भएकाले संघीयताको मर्म अनुसार काम हुन नसकेको निचोड वडा अध्यक्ष रोकायाको रहेको छ ।

सीमित बजेट र भौगलिक विकटता र प्रकृतिले दुःख दिने गरेका कारण जनताका सबै समस्या समाधान गर्न नसकिएको बताएका छन् ।

समतामूलक समाजको परिकल्पना अनुसार हालका कुनै पनि स्थानीय सरकार नचलेको स्पष्ट पार्दै गरिब जनताको सारथी नबने बंगलादेशको स्थिति नेपालमा समेत आउने सक्ने बताएका छन् ।

अभाव र दबाबमा रहेका जनताका सपना साकार पार्नुपर्नेमा व्यक्ति मात्र हाबी हुनु दुःखको विषय बनेकोले यसमा राज्य सञ्चालक गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।

गौमुल सरकारले विकट बस्तीलाई प्राथमिकता दिएर विकासका कामहरु गरिरहेकोले केही वडामा हालसम्म सडक सञ्जाल नपुगेको बताएका छन् ।

वडाको घट्मुना हुदैं टाँडाकोट मेल्लेख र भौनेरा पिनालेक हुदैं सटेडा सम्मको सडक आफ्नो कार्यकालमा प्रत्येक टोलमा पुर्याउने संकल्प रहेको बताएका छन् ।

वैकल्पिक मार्गको सम्भावनाको रुपमा घट्मुना मेल्लेख हुदैं माझपाली सम्मको सडकलाई जोड्न अनिवार्य देखिने समेत बताएका छन् ।वडाको विकास आफुले सोचे जस्तो गर्न नसकिएकोले रातदिन जनताले दिएको जिम्मेवारी अुनसार वडामा खटिरहेको उनको भनाई रहेको छ ।

व्यक्तिगत पीडालाई समेत सहेर जनताले दिएको अभिभारा पूरा गर्ने अठोटका साथ अघि बढेकोले आफु पदमा हुदाँ वा नहुदाँ जनताको विषयमा जीवन रहेसम्म निरन्तर सुखदुःखको सारथी बन्ने बताएका छन् । 


 

प्रतिक्रिया