गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०९
Dho

रानीवन स्पोर्टस क्लब बाजुरा ‘सि’ डिभिजन खेल्न राजधानी पुग्यो

गाैमुल खबर गाैमुल खबर
आइतबार, चैत २७, २०७८
रानीवन स्पोर्टस क्लब बाजुरा ‘सि’ डिभिजन खेल्न राजधानी पुग्यो

बाजुरा :  रानीवन स्पोर्टस क्लब बाजुरा सि डिभिजन खेलका लागि राजधानी पुगेको छ । सि डिभिजन लिग छनोटपछि पहिलो पटक रानीवन सि डिभिजन खेल्न बाजुराबाट राजधानी पुगेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने सि डिभिजन लिगको खेल यही चैत्र २९ गतेबाट सुरु हुदैछ । 

रानीवन यसैवर्ष सि डिभिजनको लिग चरणको खेलमा भाग लिइ सि डिभिजनका लागि छनोट भएको हो । छनोट खेलमा सहभागि ७८ वटा देश भरका फूटबल क्लब मध्ये रानीवन शिर्ष तीन क्लबको सूचीमा परेर सि डिजिभन खेल्न छनोट भएको हो ।

सि डिभिजन खेल्न छनोट भएका १४ टिम मध्ये रानीवन सहीत तीन वटा क्लब नयाँ हुन्, भने बाँकी ११ क्लब पुरानै हुन् । खेलमा भाग लिने गरि क्लब एन्फामा दर्ता भइसकेको र खेलाडी समेत काठमाडौं पुगिसकेको अध्यक्ष रोकायाले जानकारी दिएका छन् । 

७८ वटा टिम बीचको प्रतिस्पर्धामा छनोट उत्कृष्ट टिममा पर्न सफल भयो तीन टिम भित्र परेको हो । चैत्र २९ गतेबाट सुरु हुने सि डिभिजन खेल अन्र्तगत रानीवनले पहिलो खेल चैत्र ३० गते स्वयम्भु क्लब काठमाडौंसँग खेल्ने क्लबका सल्लाहकार नरेश रोकायाले बताएका छन् ।

धनगढीको फाप्ला खेल मैदानमा बन्द प्रशिक्षण पछि रानीवन खेलाडी सहीत काठमाडौं पुगेको छ ।  खेलाडीलाई करिब २ हप्ता लामो समय खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको थियो । टिममा अधिकांश खेलाडी बाजुरा जिल्लाकै भएपनि केही सुदूरपश्चिम ११ बाट खेल्ने खेलाडी पनि सहभागि रहने क्लबले बताएको छ । 

खेलाडी बाहेक सिंगो क्लबकै तर्फबाट सि डिभिजन खेल्ने रानीवन सुदूरपश्चिमकै पहिलो हो । सिंगो प्रदेशको पहिचानका लागि पनि सि डिभिजनको महत्व बिशेष रहेको सल्लाहकार रोकायाको भनाई छ । 

सहभागि १४ क्लब मध्ये अंक तालिकामा पर्ने शिर्ष २ टिम बि डिभिजनमा बढुवा हुनेछन् । भने अन्तिमका २ टिम पुन ः सि डिभिजनबाट बाहिरीने छन् । सुदूरपश्चिमको फुटबल क्षेत्रकै अस्तीत्वको लडाइका रुपमा सि डिभिजनको खेललाई लगिएको क्लबका अध्यक्ष ध्रुब बहादुर रोकायाले बताएका छन् । 

रानीवनले सि डिभिजन छनोटका लागि मात्र २७ लाख बढी खर्च गरिसकेको छ । भने सि डिभिजन खेल्न ३५ लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ । अघिल्लो छनोट खेलकै ७ लाख बढी रकम ऋणमा रहेको क्लबलाई सि डिभिजन खेल्न आर्थिक रुपमा भने चुनौति हुने देखिएको छ । 

२०६४ सालबाट जिल्लामा खेलकुदका गतिविधी आयोजना गर्दै आएको रानीवनले जिल्ला बाहिरबाट ठुला उपाधी जित्न सफल छ । १४ वर्षको अवधीमा रानीवनले जिल्ला भित्रै २२ बढी आफ्नै आयोजनामा खेल सञ्चालन गरेको छ । भने दुई दर्जन बढी जिल्ला स्तरीय खेलमा भाग लिएको छ ।

जिल्ला बाहिर २ पटक विजेता र २ पटक उपविजेता बन्न सफल रानीवनले कैलाली, डोटी, अछाम र कालिकोट जिल्लामा गएर खेलमा भाग लिइसकेको छ । आवश्यक प्रशिक्षण र लगानी अभावका बीच पनि सुदूरपश्चिमै उत्कृष्ट क्लबका रुपमा रानीवन स्थापित हुन सफल क्लब हो ।

बिशेषतः फुटबल खेलाडीको बेर्ना क्लबकै रुपमा परिचित रानीवनले जिल्लाको खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ । जिल्लामा हुने खेलकुद प्रतियोगिता सँगै आफ्नो स्तर जिल्ला बाहिर पनि स्थापित गर्न सि डिभिजन छनोट खेल्ने अठोट गरेको क्लबले बताएको छ ।

जिल्लाका खेलाडीहरुको खेलप्रतिको रुचीका कारण नै आर्थिक रुपमा कठिन भएपनि छनोटमा भाग लिन लागिएको रानीवनले बताएको छ । फुटबल प्रति खेलाडी भाईहरुको रुचीका कारण हामीले सहभागिता जनाउने निर्णय गरेका हौं । कठिन छ तर पनि सुदूरपश्चिमबाट सबैको सहयोग रहने अपेक्षा गरेका छौं, सल्लाहकार नरेश रोकायाले भन्नु भयो ’.

लगानी प्रशिक्षण र मैदानको अभाव छ । त्यसका बाबजुद पनि युवाहरुमा फुटबल प्रतिको आकर्षण छ भन्ने सन्देश दिनका लागि रानीवनले राजधानीसम्मको यात्रा सफल हुने क्लबले बताएको छ । भविष्यमा एन्फाले बाजुरालाई पनि आफ्नो संगठन भित्र राखोस् भन्ने चाहना हाम्रो छ । त्यसका लागि हामीले आफ्नो ठाँउको फुटबललाई चिनाउने यो एउटा प्रयास हो ।’

जिल्लामा संस्थागत रुपमै दर्ता भएका करिब दर्जनको संख्यामा क्लब छन् । तर रानीवन अरुभन्दा उत्कृष्ठ र बढी खेलाडी भएको क्लब हो । रानीवनबाटै उत्पादन भएका खेलाडीले बि डिभिजनका खेल समेत खेलिसकेका छन् । 

खेल र खेलाडीको प्रवद्र्धन र प्रश्क्षिणमा आवश्यक लगानी हुन नसकेपनि बाजुराको क्लब सि डिभिजन खेल खेल्नु जिल्लाकै गौरवको विषय हो । जिल्लाका खेलाडीको शान बढेको भन्दै खेलाडी उत्साहीत बनेका छन् । नजिक न्युज 

प्रतिक्रिया