गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:०४
Dho

स्वामीकार्तिक खापर गाउँपालिकामा रिक्त उपाध्यक्ष पदको उपनिर्वाचन हुँदै

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, साउन २९, २०८१
स्वामीकार्तिक खापर गाउँपालिकामा रिक्त उपाध्यक्ष पदको उपनिर्वाचन हुँदै

बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको रिक्त उपाध्यक्ष पदका उपनिर्वाचन हुने भएको छ । गाउँपालिकाका उपाध्यक्ष सहित सुदूरपश्चिमका चार वडाध्यक्षको पद रिक्त रहेको छ ।

निर्वाचन आयोगका अनुसार बझाङका सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुँहु गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षको पद रिक्त रहेको छ ।

निर्वाचन आयोगले मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै २०७९ वैशाख ३० गतेको निर्वाचनमा निर्वाचित भएका सुदूरपश्चिममा पाँच वटा पद रिक्त रहेको बताएको हो ।

निर्वाचन आयोगले रिक्त रहेका स्थानीय तहहरूका पदका लागि निर्वाचनको तयारी थालेको हो । आयोगले रिक्त पद पूर्तिका लागि आन्तरिक तयारीमा रहेको बताएको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम रिक्त रहेका पदहरूको पदावधि एक वर्ष भन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले उप निर्वाचनको मिति तोक्ने हुन्छ । 

 

प्रतिक्रिया