गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३३
Dho

बाजुरामा ब्रहम देवताका मन्दिरमा बिहीबार पूजा सम्पन्न

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, साउन २९, २०८१
बाजुरामा ब्रहम देवताका मन्दिरमा बिहीबार पूजा सम्पन्न

बाजुरा : जिल्लाका विभिन्न स्थानमा ब्रहम देवताको पूजा अर्चना गरेर सम्पन्न भएको छ । बाजुराका विभिन्न वडामा रहेका ब्रहम देवताका मन्दिरहरुमा एकसाथ पूजा अर्चना गरेर दर्शन गरिएको स्थानीयले बताएका छन् ।

मंगलबार गौमुल गाउँपालिका लगायत जिल्लाका अधिकांश स्थानमा रहेको देवताका मन्दिरमा एक साथ पूजा लागेको स्थानीय संवाददाताहरुले बताएका छन् ।

गौमुल गाउँपालिका–३ माझपालीमा रहेको ब्रहम देवताको मन्दिरमा समेत पुजा अर्चना गरिएको छ । २५ वर्षीय ब्रहम देवताका पुजारी चन्द्र बहादुर विकले पुजा गर्नुभएको थियो । परम्परागत कालदेखि स्थानीयले पुजा अर्चना गदैं ब्रहम देवताका मन्दिरमा एकसाथ स्थानीयले दर्शन गरेका छन् ।

यसैबीच मंगलबार जिल्लाका विभिन्न स्थानमा रहेका ब्रहम देवताका मन्दिरमा एकसाथ पूजा लागेका छन् । हिन्दु धर्ममा देवी–देवताहरूको धेरै महत्व रहेको छ । हिन्दुले देवी–देवतालाई प्रत्येक दिन पुज्ने गर्ने गरेका छन् ।

हिन्दू धर्मको पवित्र पुस्तकहरूमा जो व्यक्तिले देवी–देवताको पूजा अर्चना गर्छ उसले मृत्यु उपरांत मोक्ष प्राप्त गर्छ भन्ने विश्वास रही आएको छ ।

देवी–देवताको आर्शीवादले कष्ट र पापको नाश हुन्छ र व्यक्तिले शान्तिपूर्वक जिन्दगी निर्वाह गर्न सक्छ । कुनै अपुग वस्तुको प्राप्त गर्ने हेतुले पनि स्थानीयले देवी–देवता समक्ष पूजा–अर्चना, व्रत–उपवास बली–भोग गर्ने प्रचलन रहेको स्थानीय संस्कृतका जानकारहरुले बताउने गरेका छन् ।

हिन्दु धर्म जस्तै अन्य धर्महरूमा पनि देवी–देवता रहेका छन् । धर्महरूमा देवी–देवता एउटै छन् भने कतिमा हिन्दू जस्तै अनेकौँ रहेका छन् । हिन्दु धर्मको पवित्र ग्रन्थहरूको अध्ययन अन्तर्गत भनिएको छ हिन्दु धर्ममा क्षेत्रिय देवी–देवता सहित तैँतिस करोड देवी–देवताहरू रहेका छन् । 

प्रतिक्रिया