गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:५९
Dho

स्वामीकार्तिकमा सडकबाट खसेको ढुङ्गा लाग्दा एक घर भत्कियो

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, साउन २९, २०८१
स्वामीकार्तिकमा सडकबाट खसेको ढुङ्गा लाग्दा एक घर भत्कियो

बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिका–१ जोरुमा सडकबाट खसेको ढुङ्गा लागेर एक घर भत्किएको छ । गाउँ माथिबाट निर्माण गरिएको सडकबाट खसेको ढुङ्गा लागेर स्थानीय विस्न विकको २ तले जस्तापाताले छाएको घर  भत्किएको स्थानीय राजेन्द्र विकले जानकारी दिएका छन् । 

ढुङ्गा लागेर घर भत्किदा अन्नपात, भाडाकुडा, लत्ताकपडा लगायत घरमा रहेको सबै सामान च्यापिएको र मानवीय क्षति भने नभएको उनले बताए । २ तले घर भत्किदा २ लाख बराबरको क्षति भएको पीडित विस्न विकले बताएका छन् । 

घटनाको विस्तृत बुझ्न प्रहरीको टोली त्यस ठाउँमा पुगि क्षतिको मुचुल्का तयार पारिसकेको बताईएको छ । अध्ययन नगरेरै जथाभावी गाउँ तल माथिबाट सडक खन्दा वर्षेनी भौतिकदेखि मानवीय क्षति हुँदै आएको छ । 

कतिपय ठाउँमा अध्ययननै नगरी सडक खन्नाले कयौं बस्तीका परिवारको उठिबास नै भएको देखिन्छ । भने धेरै बस्ती उच्च जोखिममा रहेका छन् ।

प्रतिक्रिया