गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०८:३७
Dho

आजै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, साउन १८, २०८१
आजै कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ ।

१० बजे बस्ने बोर्ड बैठकले 'आजै नतिजा सार्वजनिक गर्ने' निर्णय गरेपछि मात्रै नतिजा प्रकाशन हुनेछ । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालका अनुसार यसै हप्ता १२ कक्षाको परीक्षाफल प्रकाशन गर्ने लक्ष्य रहेको बताए ।

उनले भने, 'नतिजा प्रकाशनसम्बन्धी अन्तिम कामको तयारी हुँदैछ । प्राविधिक त्रुटि वा केही भइपरी नआएमा आजै नतिजा प्रकाशन हुने सम्भावना छ ।' गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए ।

३ लाख ९० हजार परीक्षार्थी थिए । ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो ।

देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन् । गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन हुनेछन् ।

जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुनेछन् । कक्षा १२ मा २०७८ देखि नै उक्त निर्देशिकाअनुसार नतिजा सार्वजनिक हुँदै आएको छ ।

प्रतिक्रिया