गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०९:२५
Dho

सोमबार देशका यी स्थानमा वर्षा हुने

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
सोमबार, साउन ०७, २०८१
सोमबार देशका यी स्थानमा वर्षा हुने

काठमाडौं : सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।  सोमबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती , गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया