गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४१
Dho

कैलालीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत २५, २०७८
कैलालीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

धनगढी : कैलालीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार जिल्लाको गोदावरी नगरपालिका-३ चौकीडाँडामा अत्तरियाबाट गुलरियातर्फ जाँदै गरेको से४प ४७३० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको सुपप्र ०१ ००४ प १११ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका प्रहरीले बताएको छ।

दुर्घटनामा गुलरियातर्फ जाँदै गरेको मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका-५ का २७ वर्षीय लोकेन्द्र पार्की र अन्दाजी ३२ वर्षीय पुरन मडैको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा हिजो राति नै मृत्यु भएको हो।

त्यस्तै, उक्त मोटरसाइकलका चालक कृष्णपुर-५ कै २१ वर्षीय महेश पार्कीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको बताइएको छ। अर्को मोटरसाइकलका चालक दीपक भट्टको भने ठेगाना नखुलेको र उनको पनि धनगढीमै उपचार भइरहेको बताइएको छ। दुवै सवारी अस्थायी प्रहरी पोष्ट चौकीडाँडाको नियन्त्रणमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

प्रतिक्रिया