गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:४६
Dho

बैतडीमा गाउँपालिकाका कर्मचारीले मापसे गरी जीप चलाउँदा भयो दुर्घटना

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत २५, २०७८
बैतडीमा गाउँपालिकाका कर्मचारीले मापसे गरी जीप चलाउँदा भयो दुर्घटना

धनगढी : बैतडीमा बिहीबार भएको जीप दुर्घटनामा जीपका चालकले शिवनाथ गाउँपालिकाका कर्मचारी टंक पन्तले चलाउँदा दुर्घटना भएको बताएका छन्। जीप चालक वीरेन्द्र महताले मापसे गरेका पन्तले जबरजस्ती जीप चलाउँदा दुर्घटना भएको बताएका प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक वोधराज ओझाले चालक महताले सुल्लेखाल प्रहरी चौकीमा गाउँपालिकाका कर्मचारी पन्तले मापसे गरी जबरजस्ती जीप चलाएको भन्दै बिहीबार राति निवेदन दिएको बताए। बिहीबार दुर्घटनापश्चात सोधपुछ गर्दा आफूले नै जीप चलाएको बताएका उनले पछि पन्तले चलाएको भन्दै निवेदन दिएको प्रवक्ता ओझाले बताए।

प्रवक्ता ओझाले पन्त अहिले नियन्त्रणमा रहेका र उनले मापसे गरेको मेडिकल रिपोट बनिरहेको बताए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताएका छन्। हिजो बैतडीको शिवनाथ गाउँपालिका-६ छेलामा म१ज २७२ नम्बरको जीप दुर्घटना भएको थियो। दुर्घटनामा शिवनाथ-१ की ६५ वर्षीया गोबडीदेवी साउँद घाइते भएकी छिन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया