गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५३
Dho

बाजुरामा ५८ हजार बालबालिकालाई टाइफाइडको खोप लगाइँने

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, चैत २५, २०७८
बाजुरामा ५८ हजार बालबालिकालाई टाइफाइडको खोप लगाइँने

बाजुरा : बाजुरा जिल्लाका ५८ हजार बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाईने भएको छ । शुक्रबार खोप समन्वय समिति तथा पत्रकारहरुसंग गरिएको छलफलमा स्वास्थ्य कार्यालय बाजुराले बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाईने जानकारी गराएको हो । 

बैशाख ४ गतेदेखि ८ गतेसम्म टाइफाइड विरुद्धको (कन्ज्युगेट भ्याक्सिन) खोप लगाइने भएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । 

देशभरी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने तयारी अनुसार बाजुरामा बैशाख ४ गतेदेखि ८ गतेसम्म खोप लगाइने भएको स् पन्तले बताए ।

खोप अभियान सञ्चालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोप केन्द्रको तयारी भइसकेको उनले बताएका छन् । बाजुरामा १५ महिना देखि १५ बर्ष सम्मका ५८ हजार जना बालवालिकालाई खोप लगाइने भएको छ ।  

टाइफाइड विरुद्धको खोप नेपालमा पहिलो पटक बालबालिकालाई दिन लागिएको हो । सो अभियान पश्चात नियमित खोपका रुपमा १५ महिना पुगेका बालबालिका लागि प्रयोग  गरिने स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी महेश चन्द्रले बताएका छन् ।

यो सँगै नेपालमा बालबालिकालाई दिइने नियमित खोपको संख्या १३ पुग्नेछ । खोप केन्द्र स्वास्थ्य केन्द्र र बिद्यालयमा राखिने भएको छ । जिल्लाका ३ सय ४८ ठाउँमा रहेका खोप केन्द्रमा ३ सय ४८ स्वास्थ्यकर्मी र ६ सय ७६ स्वयसेवक परिचालन हुने सुचना अधिकारी चन्द्रले बताए । टाईफाईट रोग बिरुद्धको खोप अभियान सम्बन्धी जिल्ला स्तरीय खोप समन्वय समिति तथा संचारकर्मीहरुसंगको अन्तरक्रिया खोपका बारेमा जानकारी गराएको थियो ।

खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहेका थिए ।
 

प्रतिक्रिया