गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ ०९:४९
Dho

बुढीगंगाले एसईई मौका परीक्षाका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असार २२, २०८१
बुढीगंगाले एसईई मौका परीक्षाका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने

बाजुरा : बुढीगंगा नगरपालिकाले एसईईको मौका परीक्षामा सहभागी हुने विद्यार्थीहरुका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै सामुदायिक विद्यालयबाट एसईई मौका परीक्षामा सहभागी हुने विद्यार्थीका लागि अंग्रेजी, गणित र विज्ञान विषयमा निःशुल्क परीक्षा विशेष तयारी कक्षा सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथले बताएका छन् ।

नगरपालिकाले नगरका दुई स्थान बडीमालिका क्याम्पस फालासैन र त्रिशक्ती माध्यामिक विद्यालय बाह्रबिसमा तयारी कक्षा सञ्चालन गर्ने भएको हो ।

सूचना मार्फत पालिककाका सबै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई आफ्नो पायक पर्ने स्थानमा निःशुल्क तयारी कक्षामा सहभागी बन्न स्थानीय सरकारले आग्रह समेत गरेको छ । 

प्रतिक्रिया