गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ११:३०
Dho

बत्तीले बत्ती बलोस् भन्ने उद्देश्य हो : समन्वय प्रमुख रोकाया

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असार २१, २०८१
बत्तीले बत्ती बलोस् भन्ने उद्देश्य हो  : समन्वय प्रमुख रोकाया

बाजुरा : जिल्ला शिक्षा समितिका संयोजक एवंम् जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बत्तीले बत्ती बलोस् भन्ने आफुहरुको उद्देश्य रहेको बताएका छन् । जिल्ला शिक्षा समितिको एसईई परीक्षाको नतिजा केन्द्रीत समीक्षा बैठकको सम्बोधन गर्दै उहाँले यस्तो बताएका छन् ।

शिक्षक आफु जलेर अरुलाई उज्यालो दिने शक्ति भएका कारण बत्तीले बत्ती बलोस् भन्ने अपेक्षा जिल्ला शिक्षा समितिको रहेको दोहोर्याउनुभएको छ । यस वर्षको एसईई परीक्षाको नतिजा समग्र विश्लेषण गर्दा शिक्षकलाई मात्र दोष लगाउन नमिल्ने तर्फ संकेत गर्दै सबैको कमजोरी भएको बताएका छन् ।

शिक्षककोे भूमिका बढी हुने भएका कारण दायित्व पनि शिक्षकै भएपनि यसमा सबै सरोकारवाला गम्भीर हुन जरुरी रहेको बताएका छन् । स्थानीय सरकार, शिक्षा शाखा, विद्यालय प्रशासन र व्यवस्थापन समिति लगायत सबै निकाय जिम्मेवार भएमा समग्र जिल्लाको शैक्षिक गुणस्तर सुधार हुने विश्वास गरेका छन् ।

एक फरक प्रसंगमा रोकायाले विद्यार्थीहरुले आफु परीक्षामा असफल भएको भनेर निराश नहुन अनुरोध गर्दै मौका परीक्षाको तयारी गर्न सुझाव दिएका छन् । बैठकमा जिल्ला शिक्षा समितिका सदस्यहरुले समग्र बाजुराको नतिजा खस्किदो अवस्थामा रहेका टिप्पणी गरेका छन् ।

यसमा सबै सचेत हुनुपर्ने सत्यवादी मावि भौनेराका प्रधानाध्यापक बेदप्रकाश जोशीले बताएका छन् । जिल्ला शिक्षा समितिका संयोजक तुलसीराम रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा शिक्षा समन्वय इकाई बाजुराका प्रमुख हर्क बहादुर सिंह, जिल्ला शिक्षा समितिका सदस्य सहितको सहभागीता रहेको थियो । 
 

प्रतिक्रिया