गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ११:२४
Dho

एसईईमा उत्कृष्ट हुनेलाई सम्मान

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असार २१, २०८१
एसईईमा उत्कृष्ट हुनेलाई सम्मान

बाजुरा : जिल्ला शिक्षा तथा समन्वय इकाई बाजुराले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) को माध्यामिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट हुने परीक्षार्थीलाई बिहीबार एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

जिल्लामा संस्थागत विद्यालय क्रियटर जोन एकेडेमीबाट सर्वोउत्कृष्ट भएका परीक्षार्थी किरण खड्का, सामुदायिक विद्यालयतर्फ भानोदय मावि नौविसका जीवन जैशी, क्रियटर जोन एकेडेमीका प्रतिविम्ब विक, सामुदायिक विद्यालयतर्फ जनप्रकाश मावि कोल्टीका ओलीभीया भण्डारीलाई सम्मान गरेको हो ।

जिल्ला शिक्षा समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया र शिक्षा समन्वय इकाई बाजुराका प्रमुख हर्क बहादुर सिंहले उत्कृष्ट परीक्षार्थीहरुलाई सम्मान पत्र सहित कार्यालयमा सम्मान गरेको हो ।

उत्कृष्ट भएका विद्यार्थी तथा अभिभावक र विद्यालयका प्रधानाध्यापकलाई एकमुष्ट रुपमा सम्मान गरिएको जिल्ला शिक्षा समितिका सदस्य समेत रहेका क्रियटर जोन एकेडेमीका प्रिन्सिपल मीन बहादुर कार्कीले बताएका छन् । 

जिल्ला शिक्षा समितिले उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गर्दै आगामी दिनमा सफलताको शुभकामना दिएको छ भने असफल भएका विद्यार्थीहरुले मौका परीक्षामा राम्रो तयारी गर्न समेत आग्रह गरेको छ । 

प्रतिक्रिया