गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३७
Dho

उत्पादन घट्नुको मुख्य कारण समाधान हुन जरुरी : समन्वय प्रमुख

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, असार १६, २०८१
उत्पादन घट्नुको मुख्य कारण समाधान हुन जरुरी : समन्वय प्रमुख

बाजुरा : जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले पछिल्लो समयमा दैनिक रुपमा उत्पादन घट्नुको मुख्य कारण समाधान हुन जरुरी रहेको बताएका छन् ।

कृषि ज्ञान केन्द्र बाजुरा र बडीमालिका नगरपालिका कृषि विकास शाखाले संयुक्त रुपमा आयोजना गरेको २१ औं धान दिवसको अवसरमा समन्वय प्रमुुख रोकायाले कृषि क्षेत्रको प्रर्वद्धन र उत्पादनमुखी बनाउनका लागि कृषि क्षेत्रमा तीनै तहका सरकारको लगानी आवश्यक रहेको उल्लेख गरेका छन् ।

तीनै तहका सरकारले आधुनिक कृषि प्रणालीको अवलम्बन गरी उत्पादकत्व र उत्पादनमा बृद्धि हुनुपर्ने र उत्पादन घट्नुको मुख्य कारण समेत समाधान हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले कृषि क्षेत्रमा अझैं सुधार गर्ने गरी आफुहरुले नीति लिएको बताएका छन् ।

नगर सरकारले कृषि क्षेत्रमा व्यापक सुधार गरी लगानी गरेको बताउँदैं आगामी आर्थिक वर्षबाट समग्र रुपमा कृषि क्षेत्रमा फड्को मार्ने विश्वास लिएका छन् ।

जिल्लामा आकाशे पानीको भरमा हालसम्म २६ प्रतिशत मात्र रोपाई सकिएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भूमिराज उपाध्यायले बताएका छन् ।

कतिपय ठाउँहरुमा सिचाईको सुविधा भएपनि अधिकांश ठाउँमा आकाशे पानीको भरमा सिँंचाई गर्नुपर्ने बाध्यता रहेकाले असार १५ गतेसम्म जिल्लामा २६ प्रतिशत मात्र रोपाई समपन्न भएको जानकारी गरेका हुन् ।

बडीमालिका नगरपालिका–९ मा रहेको हाम्रो एकता महिला कृषक समूहको निमन्त्रणमा गड्खेतमा दिवस मनाईएको कृषि शाखा प्रमुख रमेश विकले बताएका छन् ।

नगर प्रमुख अमर खड्काको अधयक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहेका थिए ।

कार्यक्रममा नगर उप–प्रमुख नन्दा थापा, गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा, सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल लगायत सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दल पत्रकार लगायत स्थानीय कृषकहरुको बाक्लो सहभागीता रहेको थियो । 

    

    

प्रतिक्रिया