गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:२८
Dho

एमाले बाजुराले पनि मदन भण्डारीको ७३औं जन्मजयन्ती मनायो

बाजुरा
गाैमुल खबर डटकम
शुक्रबार, असार १५, २०८१
एमाले बाजुराले पनि मदन भण्डारीको ७३औं जन्मजयन्ती मनायो

बाजुरा : नेकपा एमाले बाजुराले तत्कालीन महासचिव मदन भण्डारीको ७३ औँ जन्मजयन्ती मनाईएको छ । ७३ औं मदन जयन्ती विभिन्न कार्यक्रम गरी मनाएको हो । पार्टी कार्यालयमा एक औपचारिक कार्यक्रमका बीच जन्मजयन्ती मनाएको पार्टी सचिव काँशी विकले बताएका छन् ।

आज जननेता भण्डारीको जन्मजयन्तीका अवसरमा नेकपा एमाले, एमालेका भ्रातृ संगठन र मदन भण्डारी फाउण्डेसनले विभिन्न कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रममा बोल्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य गगन रावलले मदन भण्डारी जस्तो अर्को नेताको जन्म हुन जरुरी बताएका छन् ।

भण्डारीले लिएको लक्ष्य र उद्देश्य आफुहरुले पूरा गर्नुपर्ने भएकोले सबै नेता कार्यकर्ता एक ढिक्का भएर संकल्पित हुन जरुरी रहेको बताएका हुन् । भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ ठोट्नेमा भएको थियो । आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रुपमा मदन भण्डारीको जन्म भएको थियो ।

०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा दासढुंगामा जीप दुर्घटनामा मदन र संगठन विभाग प्रमुख जीवराज अश्रितको निधन भएको थियो । सो दुर्घटना अहिलेसम्म रहस्यमय छ ।

४१ वर्षकै उमेरमा निधन हुनुभएका भण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नविन प्रयोगकर्ता, विचारक तथा ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्तका प्रवर्तक हुनुहुन्थ्यो । कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन जनताको बहुदलीय जनवादको सैद्धान्तिक कार्यक्रम ल्याउनुभएका भण्डारीको नेपाली कम्युनिष्ट आन्दोलनमा विशेष योगदान छ ।

नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनलाई उचाइमा पु¥याउन भण्डारीले विशेष योगदान गर्नुभएको छ । उहाँलाई जननेता मानिन्छ । नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि भण्डारीले ‘जनताको बहुदलीय जनवाद जबज’ को सिद्धान्त प्रतिपादन गर्नुभएको थियो ।

कार्यक्रममा पार्टी उपसचिव हरि बहादुर रोकाया, नेताहरु अमर खड्का, तुलाराम जैशी लगायत जिल्ला कमिटी सदस्य, विभिन्न भातृ संगठनका प्रमुख लगायत कार्यकर्ताहरुको सहभागीता रहेको थियो । 

प्रतिक्रिया