गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ १२:४५
Dho

एसईई परीक्षाको नतिजा : बाजुरामा निराशाजनक, ३६ प्रतिशत उत्तिर्ण ६४ असफल

बाजुरा
रमित वि.क.
बिहीबार, असार १४, २०८१
एसईई परीक्षाको नतिजा : बाजुरामा निराशाजनक, ३६ प्रतिशत उत्तिर्ण ६४ असफल

बाजुरा : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बाजुरामा कुल २ हजार ८ सय ३४ मध्येपरीक्षार्थी परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये बाजुरामा ३६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।

जसमा ३.६ देखि ४ जीपीए ८ जना, ३.२ देखि ३.६ ८४ जना, २.८ देखि ३.२ साधारणतर्फ ३ सय ९१ र प्राविधिक धारतर्फ १३ जना गरी ४ सय ४ रहेको शिक्षा विकास तथा समन्वय इकाई बाजुराका प्राविधिक सहायक गोपालदत्त पाण्डेयले बताएका छन् ।

यस्तै २.४ देखि २.८ जीपीए ल्याउने साधारणतर्फ ४ सय ५३ जना, प्राविधिक धारतर्फ १२ जना गरी ४ सय ६५ जना, २.० देखि २.४ जीपीएसाधारणतर्फ ४३ जना प्राविधिक धारतर्फ १ जना गरी ४४ जना रहेको पाण्डेयले बताए ।

त्यस्तै १.६ देखि २.० विद्यार्थीहरुको नतिजा शुन्य देखिएको हो । अर्थात् परीक्षामा सहभागी भएकामध्ये १ हजार ८ सय २९ परीक्षार्थीले ननग्रेड (एनजी) समूहमा परेका छन् ।

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अंक ल्याउनुपर्नेछ ।

लेटर ग्रेडिङ निर्देशिका अनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरेर नतिजा प्रकाशन भएको छ । सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ ।

र, ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् । साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र पाउने छैनन् ।

यद्यपि दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् । दुईभन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिंदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् ।परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो ।


 

प्रतिक्रिया