गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:२५
Dho

काँग्रेसबाट बडीमालिकाको नगर–प्रमुखमा विष्ट र दानीको दाबी

गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत २४, २०७८
काँग्रेसबाट बडीमालिकाको नगर–प्रमुखमा विष्ट र दानीको दाबी

बाजुरा : आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसमा दुई जना महिलाले नगर–प्रमुखमा दाबी  गरेका छन् ।  

सदरमुकाममा रहेको बडीमालिका नगरपालिकाको प्रमुखका लागि हालका नगर–उपप्रमुख तथा नेपाली काँग्रेस महाधिवेश प्रतिनिधि कविता कुमारी बुढा (विष्ट) र महासमिति सदस्य तथा महिला संघ केन्द्रीय सदस्य जुना दानीले नगर–प्रमुखका लागिउम्मेदवारी दिएको नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिका सचिव नन्दलाल खड्काले बताएका छन् ।

नगर–प्रमुखका लागि सात जनाको उम्मेदवारी परेको छ । तीमध्ये दुई महिलाले प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएको उनले बताए । उनका अनुसार नगरपालिकाको उप प्रमुखका  लागि छ महिलाले उम्मेदवारी दर्ता गराएको सचिव खड्काले बताए ।
 

प्रतिक्रिया