गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५५
Dho

एमालेबाट गौमुलका ४ वडामा सर्वसम्मत उम्मेदवारी चयन

गाैमुल खबर गाैमुल खबर
बिहीबार, चैत २४, २०७८
एमालेबाट गौमुलका ४ वडामा सर्वसम्मत उम्मेदवारी चयन

बाजुरा : गौमुल गाउँपालिकामा एमालेबाट ४ वटा वडामा वडाध्यक्ष लगायतका उम्मेदवारी सर्वसम्मत छनोट भएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिसका सन्दर्भमा वडा नम्बर १, २ र ३, ५ मा सर्वसम्मत उम्मेदवारी चयन भएको एमाले गौमुल गाउँ कमिटीले जनाएको छ । 

जसमा वडा नंं. १ मा अध्यक्षमा देव बहादुर रोकाया, सदस्यमा फुगे रोकाया, सूर्य रोकाया, महिला सदस्य सरिता रोकाया, दलित महिला सदस्य मैना चदाँरा सर्वसम्मत चयन भएका छन् ।

वडा नं.२ मा अध्यक्षमा देव बहादुर रोकाया, सदस्यमा देव बोहरा, प्रेम रोकाया, महिला सदस्यमा गीता रोकाया, दलित महिला सदस्यमा जवा सार्की चयन भएका छन् ।

त्यस्तै वडा नं.३ मा अध्यक्षमा गोरख बहादुर बोहरा, सदस्यमा भान बहादुुर धामी, लाल बहादुर विक, महिला सदस्य विमला धामी, दलित महिला सदस्य नर्मा विक सर्वसम्मत छनोट भएका छन् । 

बाँकी रहेका वडाहरुमा  आज टुङग्याउने गौमुल गाउँ कमिटी जनाएको छ । त्यस्तै वडा नम्बर ५ को वडा अध्यक्षमा कलक बहादुर सिंह सर्वसम्मत चयन भएका छन् । भने अन्य वडा सदस्यको समेत सहमतिमा छनोट गरिने वडा कमिटीले जनाएको छ । ४ र ६ नम्बर वडाको उम्मेदवारको छनोट प्रक्रिया आज गरिने भएको छ । 
 

प्रतिक्रिया