गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ १२:४३
Dho

शनिबार देशका यी स्थानमा हुने छ वर्षा

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
शनिबार, असार ०९, २०८१
शनिबार देशका यी स्थानमा हुने छ वर्षा

काठमाडौं : शनिबार देशका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बाग्मती र  गण्डकी प्रदेशका केही, मधेश, र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। शनिबार राति कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र गण्डकी प्रदेशका  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

प्रतिक्रिया