गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:३३
Dho

करेन्ट लागेर एक युवक घाईते, थप उपचारका लागि धनगढी रेफर

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, असार ०८, २०८१
करेन्ट लागेर एक युवक घाईते, थप उपचारका लागि धनगढी रेफर

बाजुरा : बाजुराको सदरमुकाम मार्तडीमा करेन्ट लागेर एक युवक घाइते भएका छन् । बिहीबार बेलुकी विद्युतको तार मर्मत गर्ने क्रममा त्रिवेणी नगरपालिका–३ पुर्भुताका २८ वर्षीय पुरन साउँद घाइते भएको  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्र अन्तरगत बडीमालिका नगरपालिका ९  कारागार नजिकै विद्युतको नाङ्गो तार हटाएर नयाँ कालोतार विस्तार गर्ने क्रममा करेन्ट लागेर घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

प्रहरीका अनुसार पुरानो खुला तार हटाएर नयाँ सुरक्षित कालो तार विस्तार गर्ने क्रममा साउँदको करेन्ट लागेर दायाँ हात र दायाँ,बायाँ खुट्टामा चोट लागेको छ ।

घाइते साउँदको जिल्ला अस्पताल बाजुरामा उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको बुझिएको छ । घाइते साउँदलाइ नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्र जीपमा धनगढी लगिएकाे हाे ।

 

प्रतिक्रिया