गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:२५
Dho

स्वामीकार्तिक गाउँपालिकाका किसानले उत्पादन गरेको प्याज सुर्खेत र नेपालगञ्जमा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असार ०७, २०८१
स्वामीकार्तिक गाउँपालिकाका किसानले उत्पादन गरेको प्याज सुर्खेत र नेपालगञ्जमा

बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकाका स्थानीय किसानहरुले उत्पादन गरेको प्याज सुर्खेत र नेपालगञ्जमा ढुवानी गरिएको छ ।

प्याज पकेट क्षेत्र १ नम्बर वडा बाहुनीका कृषकहरुले उत्पादन गरेको ५५ क्वीन्टल प्याज सुर्खेत र नेपालगञ्जमा विक्रीका लागि ढुवानी गरेर पठाएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन् ।

गाउँमा किसानहरुले उत्पादन गरेको प्याज बजारको अभाव भएपछि विक्रीका लागि बाहिर लिनुपर्ने अवस्था सिर्जना भएको अध्यक्ष रोकायाले बताए ।

कृषि ज्ञान केन्द्र बाजुराको ७० प्रतिशत अनुदानमा आफूले उत्पादन गरेको करिब १ सय २५ क्वीन्टल प्याज मध्ये ५५ क्वीन्टल विक्रीका लागि ढुवानी गरिएको छ । 

बाहुनीका ४५ घरपरिवारले उत्पादन गरेको प्याज मध्ये ५५ क्वीन्टल बजारीकरणका लागि ढुवानी भएर ६० क्वीन्टल प्याज उपभोग गर्न र बिउका लागि राखिएको छ ।

सडकको समस्या र बजारको अभावले गर्दा बाहुनीका कृषकले उत्पादन गरेको प्याज कृषि ज्ञान केन्द्रले ढुवानी अनुदानमा शहरमा पठाएको कार्यालय प्रमुख भूमिराज उपाध्यायले बताएका छन् ।

प्याज ढुवानीपछि सुर्खेत र नेपालगञ्ज बजारमा पुगेर प्रति केजी ५० रुपैयाँका दरले विक्री हुने भएको छ । स्थानीय किसानहरुले मेहनत गरे अनुसार व्यापार हुने भएपछि खुसी भएका छन् । 


 

प्रतिक्रिया