गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:५४
Dho

बाजुराका एक युवकको एक्कासी बेहोस भएर सिन्धुपाल्चोकमा मृत्यु

गाैमुल खबर गाैमुल खबर
बुधबार, चैत २३, २०७८
बाजुराका एक युवकको एक्कासी बेहोस भएर सिन्धुपाल्चोकमा मृत्यु

बाजुराका एक युवक बेहोस भएर सिन्धुपाल्चोकमा मृत्यु भएको छ । बाजुराको स्वामीकिार्तक खापर गाउँपालिका–२ घर भएका हिजन भण्डारीको अचानक बेहोस भएर मृत्यु भएको हो । भण्डारी घरबाट गएको ६ महिनादेखि सिन्धुपाल्चोकमा फेज नेपाल नामक संस्थामा कार्यरत थिए । 

सोमबार दिउँसो करिब ३ बजे अफिस नजिकै होटेलमा चिया पिउने क्रममा बेहोस भएर लडेको त्यहाँका स्थानीयले बताएका छन् । बेहोस भएको केही बेरमै भण्डारीलाई एम्बुलेन्समा हालेर धुलिखेल अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

 अस्पताल लैजाने क्रममा नाकबाट अत्याधिक रगत बगेको र सोही समय अक्सिजन सकिएपछि उनको मृत्यु भएको प्रत्यक्षदर्शी बताएको छ । 

 

प्रतिक्रिया