गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०२:१९
Dho

सुदूरपश्चिम सरकारले ३३ अर्बको बजेट ल्याउँदै

धनगढी
गाैमुल खबर गाैमुल खबर
शनिबार, असार ०२, २०८१
सुदूरपश्चिम सरकारले ३३ अर्बको बजेट ल्याउँदै

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट कार्यक्रम शनिबार सार्वजनिक गर्दै छ । प्रदेश सरकारले असार १ गते आगामी वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सुदूरपश्चिम सरकारले आज प्रदेश सभामा बजेट प्रस्तुत गर्न लागेको हो ।

सरकारको तर्फबाट आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्नुहुने छ । चालु आर्थिक वर्षमा २९ अर्ब २६ करोड बजेट ल्याएको सरकारले अगामी वर्षका लागि भने आकार वृद्धि गरेर ल्याउँदैछ ।

आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले ३२ देखि ३३ अर्बको हाराहारीमा बजेट ल्याउने गरी तयारी भइरहेको बताए । ‘‘बजेटको तयारीमै भएकाले आकारबारे यकिन भन्न सकिएन तर चालु वर्षकोभन्दा ठुलो बजेट आउँछ,’’ पालले भने, ‘‘३२ देखि ३३ अर्बको हाराहारीमा हुने गरी बजेट ल्याउने हाम्रो तयारी छ ।’’

यसअघि सरकारले ल्याएको नीति तथा कार्यक्रमअनुसार नै प्रदेश गौरवका योजनालाई निरन्तरता दिने र अन्य क्रममागत पूर्वाधार विकास योजनालाई तीव्ररुपमा अघि बढाउने योजना रहेको मन्त्री पालले जानकारी दिए। यस्तै, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चारलगायत क्षेत्रको विकासका लागि प्रदेश सरकारले देखिने गरी काम गर्ने योजना रहेको उनको भनाइ छ ।

प्रतिक्रिया