गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०२:२६
Dho

पुर्वीचौकी गाउँपालिकाकी उपाध्यक्षले पनि पालिकाको बजेटबाट मोबाइल खरिद गरेको फेला

धनगढी
गाैमुल खबर गाैमुल खबर
शनिबार, असार ०२, २०८१
पुर्वीचौकी गाउँपालिकाकी  उपाध्यक्षले पनि पालिकाको बजेटबाट मोबाइल खरिद गरेको फेला

धनगढीः डोटीको पुर्वीचौकी गाउँपालीकाकी उपाध्यक्षले गाउँपालिकाकै बजेटबाट मोबाइल खरिद गरेको पाइएको छ। उपाध्यक्ष पशुपति खड्काले सेवा सुविधा सम्बन्धि ऐन विपरीत मोबाइल खरिद गरेकी हुन।

सुदुरपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धि ऐन २०७५ को दफा ३ मा गाउँपालिकाका पदाधिकारीले अनुसुची १ बमोजिमको सेवासुविधा बाहेक अन्य सुविधा दिन मिल्दैन।

तर उपाध्यक्ष खड्काले ऐन विपरीत वि.स २०८०।०३।१३ मा मोबाइल, चार्जर र पावरवैक एक एक थान खरिद गरेवाफत पालिकाले ८० हजार ६ सय भुक्तानी गरेको महालेखापरीक्षकको कार्यलयले देखाएको छ। 

प्रतिक्रिया