गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:१०
Dho

बुढीगंगामा कृषि मेला प्रदर्शनी, ४६ कृषक पुरस्कृत

प्रमित वि.क. प्रमित वि.क.
बिहीबार, जेठ ३१, २०८१
बुढीगंगामा कृषि मेला प्रदर्शनी, ४६ कृषक पुरस्कृत

बाजुरा : बुढीगंगा नगरपालिकामा बृहत कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । स्थानीय उत्पादनको बजार प्रवद्र्धन तथा रैथाने बालीको उत्पादन वृद्धिसंगै कृषकलाई आकर्षित गर्न कृषि प्रदर्शनी मेलाको आयोजना गरिएको हो ।

बुढीगंगा कृषि शाखाको आयोजना र ७ वटा गैरसरकारी संस्थाहरुको सहयोग तथा समन्वयमा कृषि मेला प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा बुढीगंगाका किसानले आफ्नो उत्पादनलाई स्टलमा राखेका थिए । 

किसानलाई कृषि पेशामा आकर्षण गर्न र रैथाने बालीको उत्पादन वृद्धि गराउँने उद्देश्य सहीत ७ वटा बाली समूह, १९ खाद्य परिकार र १ जैविक विविधता गरी २७ वटा स्टल मेलामा राखिएको बुढीगंगा नगरपालिका कृषि शाखा प्रमुख दिपक थापाले बताएका छन् ।

कृषि प्रदर्शनी मेलामा भाग लिने ४६ जना कृषकलाई नगद सहीत पुरस्कृत गरिएको छ । १८ जना उत्कृष्ट कृषिलाई ३ हजार ५ सय नगद, प्रमाण पत्र प्रदान गरेको छ । भने विभिन्न बाली समूह तर्फ प्रथम, द्धितीय, तृतीय र चौथो हुने कृषकलाई क्रमःस १ हजार, ७ सय, ५ सय र ३ सय नगद सहीत प्रमाण पत्र प्रदान गरिएको थापाले बताएका छन् । 

कृषकलाई उत्पादनमा प्रोत्साहन गर्न, स्थानीय उत्पादनको बजारीकरण रैथाने बालीको प्रवद्र्धन तथा आधुनिक कृषि प्रविधीको जानकारीसहित एक आपसमा अनुभव साँटासाँटसंगै स्थानीय उत्पादनको प्रचार–प्रसार गर्ने उद्देश्य सहीत मेलाको आयोजना गरिएको नगर प्रमुख राम बहादुर बानियाँले बताएका छन् ।

कृषि बस्तुको बजारीकरण तथा उत्पादनमा बृद्धि गर्नका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिदै आएको उनले बताए । नगर उप–प्रमुख माया कुँवरले उत्पादित बाली तथा वस्तुलाई प्रदर्शन गर्ने कृषकलाई धन्यवाद दिँदै कृषि मेला जस्ता कार्यक्रमले कृषि उत्पादनमा विशेष टेवा पुग्ने बताएकी छन् ।

बृहत कृषि प्रदर्शनी मेलाले किसानलाई कृषि पेशाप्रति आकर्षण गर्ने विश्वस लिएको छ । स्टलमा राखिएका स्थानीय उत्पादनहरुको प्रत्यक्ष अवलोकन गर्नाले कृषकले सिक्ने अवसर पाउँने भएकाले प्रत्येक वर्ष कृषि सम्बन्धीका कार्यक्रम सञ्चालन गरिदै जाने नगर उप–प्रमुख कुवँरले बताइन् । 

बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख राम बहादुर बानियाँ रहनुभएको थियो । भने विशिष्ट अतिथिमा उप–प्रमुख माया (खड्का) कुवँर, कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख भूमिराज उपाध्याय रहनुभएको थियो ।

नगरपालिकाको प्राङ्गणमा सञ्चालन भएको कृषि प्रदर्शनी मेलामा विभिन्न संघ सस्थाका प्रतिनिधी, सरोकारवाला निकाय लगायत नगरभित्रका कृषकहरुको बाक्लो उपस्थिति रहेको थियो ।  

फाेटाेहरु हेर्नुहाेस्‌‌‌...

May be an image of 1 person, tree, hospital and text

No photo description available.

May be an image of 3 people and text

May be an image of 5 people and temple

May be an image of 3 people

May be an image of 12 people, dais and text

May be an image of 8 people, people smiling, dais and text

May be an image of 9 people, people studying, people smiling, hospital, dais and text

May be an image of 6 people, temple, hospital and text

 

प्रतिक्रिया