गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:१४
Dho

धनगढीमा लागुऔषधसहित तीन जना पक्राउ

धनगढी
गाैमुल खबर डटकम
बिहीबार, माघ ०६, २०७८
धनगढीमा लागुऔषधसहित तीन जना पक्राउ

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीबाट लागुऔषधसहित तीन जना पक्राउ गरेको छ । उप-महानगरपालिका २ स्थित ट्राफिक चोकबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा दोर्ण बहादुर रावल, धनगढी २ बस्ने २९ बर्षीय टेक बिष्ट र वडा नम्बर ४ बस्ने ३० बर्षीय मनिष भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दोर्ण बहादुर रावलले सञ्चालन गरेको ग्लोबल मोबाईल ग्यालरीको भित्र कोठामा लागुऔषध (खैरो हिरोईन) कारोबार भइरहेको भन्ने सुचनाको आधारमा उक्त मोबाईल ग्यालरीको भित्र कोठामा गई चेकजाँच गर्दा उनीहरु पक्राउ परेका हुन् ।

बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोषाकको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोईन फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।


# लागुऔषध

प्रतिक्रिया