गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०५:२४
Dho

रवि ओड ५ लाख धरौटीमा रिहा

गाैमुल खबर गाैमुल खबर
शुक्रबार, जेठ ०४, २०८१
रवि ओड ५ लाख धरौटीमा  रिहा

धनगढीः वैवाहिक बलात्कार सम्बन्धि मुद्दामा प्रहरीमा आत्मासमर्पण गरेका नेपाल आइडल विजेता रवि ओड धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालतमा बिहीवार भएको थुनछेक बहसपछि ओडलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश भएको थियो। सोहीअनुसार ओड धरौटी बुझाएर थुनामुक्त भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेश जोशीले जानकारी दिए।

उनकाअनुसार नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्व वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन्। ओडले गत बिहीवार इलाका प्रहरी कार्यालय झलारीमा आत्मा समर्पण गरेका थिए। जिल्ला अदालतबाट पहिलो पटक पाँच र दोस्रोपटक पनि थप पाँच दिनको म्याद थप गरि प्रहरीले अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया