गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०९
Dho

कीर्तिचौर विव्यस : तीन वर्षमा ६४ वटा बैठक, नयाँ शैक्षिक कार्यक्रम

विद्यालयको मुहार फेरेको अभिभावकको भनाई
बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, बैशाख १९, २०८१
कीर्तिचौर विव्यस : तीन वर्षमा ६४ वटा बैठक, नयाँ शैक्षिक कार्यक्रम

बाजुरा : गौमुल गाउँपालिका–४ मा रहेको कीतिचौर माध्यमिक विद्यालयको विव्यसको कार्यकाल सकिएपछि मंगलबार पुनः गठन प्रक्रिया अगाडी बढाएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमर बहादुर विकले पुनः गठन कार्यक्रममा आफ्नो कार्यकालयमा गरेका विभिन्न शैक्षिक गतिविधी सार्वजनिक गरेका छन्  ।

गौमुल गाउँपालिका–४ का वडाध्यक्ष समेत रहेका विकले तीन वर्षको अवधीमा गरेका काम र शैक्षिक क्षेत्र सुधारका लागि सञ्चालन गरिएका गतिविधि जनप्रतिनिधी, राजनीतिक दल, अभिभावक, शिक्षक, पत्रकार लगायत विद्यालय सेवा क्षेत्रभित्र रहेका सबैको सामु स्पष्ट पारेका हुन् ।

पुनः गठन कार्यक्रममा विगतको समीक्षा, आयव्यय र शैक्षिक कार्यक्रम सहीतको प्रतिवेदन प्रस्तुत गरिएकाे हो । आफूले २०७९ जेठ ३१ गते विव्यस अध्यक्षको नेतृत्व लिएपछि केही नयाँ र फरक कार्य गरेको दाबी गरेका छन् । विद्यालयलाई माथि उकास्नका निम्ति तीन वर्षको अवधीमा विभिन्न संगठन निर्माण गरी शैक्षिक भूमिका खेलिएको बताए । 

विकले आफू भन्दा अगाडीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र बहादुर रोकायाको एक वर्षे कार्यकालमा २०७७ चैत्र ३१ गतेसम्म २४ वटा विद्यालय व्यवस्थापन समितिको बैठक बसेको छ । जसमा १९ वटा बैठक स्वयंम अध्यक्ष र  ५ वटा बैठक जेष्ठ सदस्य चन्द्र बहादुर रोकायाको अध्यक्षतामा बसेको छ ।

विकले आफ्नो पाला अर्थात तीन वर्षको अवधीमा विभिन्न ६४ वटा विद्यालय व्यवस्थापन समितिको बैठक बसेको बताएका छन् । त्यस्तै शिक्षक अभिभावक संघको १५ पटक बैठक बसेको उनले बताए । 

त्यसैगरी २०७७/१२/२८ गतेदेखि २०८०/०३/३१ सम्म भुक्तानी गनुपर्ने सबै रकम बुझाएको बताए । जसमा विद्यालयकोे जग्गा खरिदमा सुरेन्द्र बहादुर रोकायालाई ४ लाख, खडक बहादुर रोकाया र जीवन रोकाया गरी ५० हजार भुक्तानी, विद्यालयको वार्षिकत्सव दुई पटक गरी १ लाख ५० हजारका दरले ३ लाख खर्चको भुक्तानी, ताज ट्रेडर्सको पूरानो रकम १ लाख ५९ हजार ४ सय ९६ रुपैया भुक्तानी गरिएको अध्यक्ष विकले बताएका छन् ।

विद्यालयमा छात्रवृत्ति वितरण २०७४/०७५ मा ७४ हजार ४ सय रुपैयाँ वितरण गरिएको छ । राष्टपति रनिङ्ग शिल्ड प्रतियोगितामा खेलाडीका लागि दुई पटक गरी २ लाख ५० हजार, विद्यार्थीको रारा भ्रमण १ लाख २० हजार, प्राविधिक धारका विद्यार्थीको अध्ययन भ्रमण ३ लाख ५० हजार भुक्तानी गरिएको प्रतिवेदन मार्फत सार्वजनिक गरेका छन् । 

त्यस्तै आन्तरिक कर्मचारी मासिक ३९ हजार ३ सय १० खर्च गर्ने गरी वार्षिक रुपमा ६ लाख २६ हजार ७ सय २० रुपैयाँ र विद्यालयको खेल मैदान निर्माणका लागि जम्मा २५ लाख ५० हजार ६ सय १३ रुपैयाँ विद्यालयको कोषबाट भुक्तानी गरेको विकले बताएका छन् । 

२०७६/०७७ को भुक्तानी गनुपर्ने बाकी रकम तनवीर ट्रेडर्सको ग्यावीनको ६४ हजार १ सय ९०, देउराली फेन्सी स्टोरको १ लाख २ हजार ५ सय ९४ रहेको छ । त्यसैगरी राष्टिय वाणिज्य बैंकमा १५ लाख ५५ हजार ३ सय ५० रुपैयाँ, कुमारी बैंकमा २६ लाख ४७ हजार ३ सय ११ रुपैयाँ र एनआईसी एसीया बैंकमा ३३ हजार ९ सय ४३ रुपैयाँ गरी ४२ लाख ३६ हजार ६ सय ६ रुपियाँ २६ पैसा मौज्दात रहेको छ ।

विद्यालयमा कुखुरा फर्म, तरकारी फर्म, कम्प्युटर कक्ष, आधुनिक ल्याप कक्ष, ढल निकास , र ५ कोठे आवसीय छात्रबास निर्माधीन अवस्थामा रहेको छ । अध्यक्ष विकले प्रगति प्रतिवेदन सार्वजनिक गर्दै विद्यालयमा विगत लामो परम्पराको अन्त्य गर्न आजैबाट सुरु गर्न र बालबालिकाको शैक्षिक अवस्था र पालिकाभरीको शैक्षिक विकासमा केन्द्रीत हुन आग्रह गरेका थिए । 

सबै बालबालिकाको अभिभावक भएर नयाँ विव्यस छनौट गर्न सबैमा अपिल गरेका छन् । शैक्षिक गुणस्तर नसुर्धिनु सबैको कमजोरी रहेको बताउँदै अब शैक्षिक अवस्था माथि उकास्न सोच्न जरुरी रहेको उनले बताए । 

उनले भने विद्यालय व्यवस्थापन समितिको अध्यक्ष याे व्यक्ति हुने की उ व्यक्ति हुने लडाइँ छ, तर विद्यार्थीको अवस्था के छ, शैक्षिक सुधार कसरी गरौं भन्ने ईच्छा कमै मान्छेमा रहेकाे छ । नेतृत्वको लागि मात्रै लडाइँ लड्यौ तर विद्यालयको शैक्षिक क्षेत्र कसरी सुधार गर्ने भन्नेमा कसैका ध्यान नजाँदा शैक्षिक सुधार नभएको बताए ।

प्रतिक्रिया