गाैमुल खबर डटकम शनिबार ०८, मङि्सर २०८१ ०८:५५

मानसरोवर कैलासद्धार पादुका त्रिवेणी धाम र यसको महत्व

गाैमुल खबर गाैमुल खबर
बुधबार, बैशाख १९, २०८१
मानसरोवर कैलासद्धार पादुका त्रिवेणी धाम र यसको महत्व

बाजुराको बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, हिमाली गाउँपालिका र जगनन्नाथ गाउँपालिकाको बिच केन्द्रमा पर्छ पादुका धाम । पादुका त्रिवेणी धामबाटै कर्णाली प्रदेशका हुम्ला मुगु, कालिकोट जिल्लाका मानिसहरु पनि हिड्ने गर्दछन् । मुल बाटासहित बिच केन्द्र पर्ने भएकाले प्रायजसो यहाँ सबै पुग्ने गर्दछन् ।

सतीदेवीको पाउँ परेको ठाउँ मानसरोवर कैलाशद्धार पादुका त्रिवेणी धाममा १०८ शिवलिङ्ग दर्शन गर्न सकिन्छ । पिलुचौरको नजिकै रहेको पादुका त्रिवेणी धाममा धार्मिक स्थल मठमन्दिर र गुरुकुल रहेको छ । 

No photo description available.

यसका चारैतर्फ शिम्भूनाथ, जगन्नाथ, बुढिनन्दा मालिका आदि देवीदेवताका धाम पनि रहेका छन् । कर्णाली नदीको पवित्रतासंगै मानसरोवर मार्ग कैलाशद्धारको महत्व धेरै छ । कर्णाली नदीको उद्गमस्थल मानसरोवर क्षेत्रको गौरीघाट हो ।

यो उद्गमस्थलमा पूर्वबाट पश्चिम बगेको छ । जब दक्षिण फर्केपछि कर्णाली हुम्ला जो खार्पुनाथ जस्तो पवित्र तिर्थस्थलबाट आउँछ र कर्णालीमा मिसिन्छ जहाँ दोभान बनेको छ । 

मुगु पुगेपछि मुगु कर्णाली मिसिन्छ जो छायाँनाथ जस्तो पवित्र तिर्थस्थलबाट बगेर आएको छ, यहाँ पनि दोभान नै बनेको छ । यो दोमुखा नामले चिनिने गरिन्छ । स्वर्गको टुक्रा रारा तालबाट बगेर आएको पानी पनि खत्याड खोलाको नामले चिनिदैँ यसै कर्णाली नदीमा मिसिन्छ । 

No photo description available.कर्णालीमा जुम्लाको चन्द्रनाथबाट आएको पवित्र जल, दैलेखको दुल्लूमा रहेको विष्णुपादुका, निगलासैनीबाट आएको पवित्र जल र सेती नदीको पानी जललाई पवित्र जलको रुपमा मान्ने गरिन्छ । पवित्र स्थलको जल मिसिएका कारण कर्णाली नदीलाई धेरै पवित्र मानिन्छ । 

जब कर्णाली नदी पिलुपादुका पुग्दछ, तब पूर्वबाट पश्चिम फर्किन्छ र पश्चिमबाट पूर्व बुढीनन्दा नदी आएको छ । भने उत्तरबाट कैलाश जलकुण्डको पानी मिसिएएको छ । त्यसैले पवित्र पादुकाधाम बनेको हो । 

स्थानीयका अनुसार सतीदेबीको दक्ष यज्ञमा देहावसानपछि शिवजीले बोकेर हिड्दा सतीका सम्पूर्ण अंग पतन भएका थिए । अंग पतन भएको ठाउँमा  नेपाल र भारत गरी १०८ तिर्थस्थल बनेका थिए । यस क्षेत्रमा पाउँपतन भएर पादुका भएको हो । तसर्थ यसलाई सती पादुका भनिन्छ । 

No photo description available.शुकसागरका अनुसार स्वायम्भुव मनु र उनकी पत्नी सतरुपाले गर्मीमा ६ महिना हिमालयमा र जाडोमा ६ महिना यस पादुकामा एक पाउँ टेकेर तपस्या गरेका थिए । यसलाई पादुका मात्रै नभएर अर्को नामले पनि चिन्ने गरिन्छ । उनलाई दर्शन दिन भगवान् विष्णु यहाँ आएका थिए, त्यसैले यसलाई विष्णुपादुका पनि भनिन्छ ।  

पादुका त्रिवेर्णधाममा शिवजी सिद्धेश्वर महादेवका नामले रहनु भएको छ । मकरसंक्रान्ति, श्रावण पूर्णिमाको रात्री कुम्भ परेको बेला त्रिवेणीमा अग्नीज्वाला देखिन्छन् जो भाग्यमानी व्यक्तिले मात्र देख्छन् । यहाँ क्षेत्रमा रहेको चुरे पहाड सिधै मानसरोवरसम्म जोडिए छ । र कर्णाली करिडोर पनि यसैबाट गएको छ । त्यस कारण कैलाशद्वार मानसरोवर मार्ग पनि भनिन्छ । 

No photo description available.

No photo description available.

No photo description available.No photo description available.

प्रतिक्रिया