गाैमुल खबर डटकम बिहीबार २१, साउन २०८३ ०३:०३

बुढीगंगा नगरपालिकाले माग्यो कर्मचारी र जनप्रतिनिधिको सम्पत्ति विवरण

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असार ३१, २०८३
बुढीगंगा नगरपालिकाले माग्यो कर्मचारी र जनप्रतिनिधिको सम्पत्ति विवरण

बाजुरा ः बुढीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण अनिवार्य रुपमा बुझाउन कर्मचारी तथा जनप्रतिनिधिलाई भनिएको छ ।

नगर कार्यपालिकाको कार्यालयले बुधबार जारी गरेको सूचना अनुसार नगरपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरुमा कार्यरत स्थायी, करार तथा राहत प्रकृतिका कर्मचारी र सम्पूर्ण जनप्रतिनिधिले आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण तोकिएको ढाँचामा भरी कार्यालयमा पेश गर्नुपर्ने भएको हो ।

सूचनामा उल्लेख भए अनुसार सम्पत्ति विवरणको फाराम सम्बन्धित कार्यालयबाट प्राप्त गरी २०८३ साल साउन १ गतेदेखि साउन २५ गतेभित्र अनिवार्य रुपमा कार्यालयमा बुझाउन आग्रह गरिएको छ ।

नगरपालिकाले तोकिएको समयभित्र सम्पत्ति विवरण पेश नगर्ने व्यक्तिलाई प्रचलित कानुन अनुसार जरिवाना तथा अन्य कानुनी व्यवस्था लागू हुने स्पष्ट गरेको छ ।

सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो सम्पत्ति पारदर्शी रुपमा विवरण उपलब्ध गराउनु सुशासन र जवाफदेहिताको महत्वपूर्ण आधार भएकाले समयमै विवरण बुझाउन नगरपालिकाले अनुरोध गरेको छ । यो सूचना प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीद्वारा हस्ताक्षरित रहेको छ ।

May be an image of ticket stub and text

प्रतिक्रिया