गाैमुल खबर डटकम बुधबार २४, भदौ २०८३ ११:४१

बडीमालिका दर्शनमा हिडेका लेखा अधिकृतको मृत्यु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, जेठ ०३, २०८३
बडीमालिका दर्शनमा हिडेका लेखा अधिकृतको मृत्यु

बाजुरा ः बाजुराको बडीमालिका जान लागेका बेला बेहोस भएका राष्ट्रिय सकर्तता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृतको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यु हुनेमा सतर्कता केन्द्रमा कार्यरत लेखा अधिकृत ५६ वर्षीय विश्वराज पन्थी छन् ।

उनको स्थायी ठेगाना भैरहवा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पन्थी सहित चार जनाको टोली बडीमालिका दर्शन गर्न बाजुरा पुगेको थियो ।  गन्तव्यतर्फ जाने क्रममा बडीमालिका नगरपालिका-८ स्थित खारेको जंगलमा पन्थी बेहोस हुन पुगेका थिए ।

त्यहाँबाट उद्धार गरेर ५ः४५ मा उनलाई जिल्ला अस्पताल मार्तडी पुर्याइएको प्रहरीले जनाएको छ । अस्पताल पुर्याए लगत्तै ५ः ५० बजे चिकित्सकले मृत्यक घोषणा गरेको प्रहरीले जनाएको छ ।

पन्थीसँगै सतर्कता केन्द्रमै कार्यरत उपसचिव शिवहरि न्यौपाने, शाखा अधिकृत जीवन घिमिरे र लेखापाल उमेश शर्मा पनि बडीमालिका दर्शन गर्न भनेर बाजुरा पुगेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया