गाैमुल खबर डटकम बिहीबार ०३, असोज २०८१ १०:०८
Dho

बाजुरा त्रिवेणी–९ का १२ परिवार काँग्रेस परित्याग गरी एमाले प्रवेश

बाजुरा
pramit bk pramit bk
शुक्रबार, फागुन २०, २०७८
बाजुरा त्रिवेणी–९ का १२ परिवार काँग्रेस परित्याग गरी एमाले प्रवेश

नेकपा एमाले त्रिवेणी नगर कमिटीको चुनावी आमसभा तथा घरदैलो अभियान जारी रहेको छ । यसैबीच त्रिवेणी नगरपालिका वडा नं. ९ मा आज गरेको चुनावी आमसभा तथा जनता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । 

एमाले नगर कमिटीको आमसभा कार्यक्रममा वडा नं.९ का १२ परिवारले नेपाली कांग्रेस परित्याग नेकपा एमाले प्रवेश गरेका छन् । नेपाली कांग्रेस झुटको खेतीको सिद्धान्त मन नपराएको भन्दै सो परिवारको संख्या एमालेमा प्रवेश गरेको अनेरास्ववियु बडीमालिका क्याम्पस कमिटी अध्यक्ष नृपबहादुर शाहीले जानकारी दिएका छन् । 

चुनावी आमसभा कार्यक्रममा दिनेश नेपाली, तुल उखेडा, भक्त उखेडा, रमित रौले, सागर मिजार, विराज उखेडा, डिल्ली उखेडा, राम थापा, दिल रौले, हरी थापा, बलबहादुर थापा सहीत १२ परिवारका ७१ जना एमाले प्रवेश गरेका हुन् । 

काँग्रेसको गढका रुपमा रहेको त्रिवेणी नगरपालिकामा आफू मतदाताका रुपमा मात्र प्रयोग भएको र विकास निकासमा काँग्रेस नेतत्वले गर्न नसक्ने निष्कर्ष सहीत एमालेमा प्रवेश गरेको नवप्रवेशशीले बताएका छन् । काँग्रेको झुट प्रचार मन नपरेको उनीहरुको भनाई छ । 

नेकपा एमालेको सिद्धान्त र विकास निकास गर्ने पार्टी भएकोे र गाउँको विकास गर्न एमाले नेतृत्वले मात्र गर्न सक्ने भन्दै काँग्रेसमा भविष्य नभएको नवप्रवेशीहरुले बताएका छन् । काँग्रेसको कुशासन सहन नसकेर एमाले प्रवेश गरेको दिनेश नेपालीले बताएका छन् । उनले भने विकास र सामाजिक न्यायका लागि एमाले रोजेको हो । 

नवप्रवेशीलाई नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा उद्योग विभाग प्रमुख विष्णु ऐडीले अविर लगाएर स्वागत गरेका छन् । नगर वडा कमिटी अध्यक्ष झलकबहादुर साँउदको अध्यक्षतमा सञ्चालन भएको चुनावी आमसभा कार्यक्रमको प्रमुख अतिथिमा एमाले जिल्ला कमिटी सचिवालय सदस्य विष्णु ऐडी रहेका थिए । 

No description available.त्यस्तै पूर्व जिल्ला कमिटी सचिवालय सदस्य जंग बुढा जिल्ला कमिटी सदस्य मोतीसिंह बुढा, खडक साउँद लगायत विशिष्ट अतिथिमा रहनु भएको थियो । आमसभा कार्यक्रममा एमाले जिल्ला कमिटी सचवालय सदस्य एवं उद्योग विभाग प्रमुख विष्णु ऐडीले त्रिवेणी नगरपालिकाका जनता आसन्न स्थानीय तहको निर्वाचनमा सुर्य चिन्हमा मतदान गर्न आतुर रहेको बताएका छन् । 

चुनावी आमसभा कार्यक्रममा १ देखि ९ नम्बर सम्मका वडा कमिटी अध्यक्ष, विद्यार्थी नेता तथा कार्यकर्ताका सहीत ३ सय जना भन्दा बढीको सहभागिता रहेको थियो । 

No description available.

प्रतिक्रिया