बाजुरा ः बाजुरामा चार दिनसम्म दैनिक पाँच घण्टा विद्युत सेवा बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रका अनुसार मङ्गलबारदेखि कात्तिक १८ गतेदेखि २१ गतेसम्म प्रत्येक दिन बिहान ६ः३० देखि ११ बजेसम्म जिल्लाभर विद्युत आपूर्ति अवरुद्ध रहनेछ ।
प्राधिकरणका अनुसार यो अवधिमा डोटीको मौवास्थित ३३ के.भी. लाइन निर्माण कार्य सञ्चालन हुने भएको हो । साथै अछाम फिडरको पोलमा मौवा सब-स्टेशनका लागि छुट्टै फिडर निर्माण गर्नुपर्ने भएकाले पनि विद्युत अवरोध आवश्यक भएको बताइएको छ ।
निर्माण कार्यका कारण ३३/११ के.भी. पिपल्ला सब-स्टेशनबाट प्रशारण हुने ३३ के.भी. अछाम फिडर सटडाउन हुने भएकाले सो अवधिमा विद्युत आपूर्ति पूर्ण रूपमा रोकिने प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले उपभोक्तालाई असुविधा नहुने गरी आवश्यक वैकल्पिक तयारी गर्न अनुरोध गरेको छ । ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा याचना समेत गरिएको छ ।






प्रतिक्रिया