गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०४:०२
Dho

बडीमालिका नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधी मालिका माविलाई

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, पुष ०६, २०८०
बडीमालिका नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधी मालिका माविलाई

बाजुरा :  बडीमालिका नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मालिका माविले जितेको छ । विहिबार सम्पन्न प्रतियोगितामा ४७ स्वर्ण, १३ रजत र ४ कास्यसहित ६४ पदक जितेर सदरमुकाम मार्तडीमा रहेको मालिका माविले  यसपटक पनि प्रतियोगिताको उपाधि जितेको हो ।

त्यस्तै प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र ४ कास्य सहित १६ पदक प्राप्त गरि बडीमालिका नगरपालिका २ को सत्यवादी मावि दोस्रो बनेको छ । त्यस्तै ८ स्वर्ण, ६ रजत र १० कास्यसहित २४ पदक जितेर क्रियटर जोन एकेडेमी तृत्तिय भएको छ । बडीमालिका नगरपलिकाको आयोजना र बडीमालिका नगर स्तरिय खेलकुद विकास समितिको व्यवस्थापनमा पुस १ गतेबाट सो प्रतियोगिता मालिका माविको खेलमैदानमा संचालन गरिएको थियो ।

प्रतियोगितामा ४ वटा एथलेटिक्स, भलिवल, कवड्डी र मार्सलआर्ट विधामा सहभागि विद्यालयहरुविच प्रतिष्पर्दा गराईएको थियो । प्रतियोगितामा विजेता बनेका खेलाडीहरुलाई ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत गर्दै कार्यक्रमको समापन गरिएको बडीमालिका नगरस्तरीय खेलकुद विकास समितिका संयोजक राजेश पायल विकले बताएका छन् । प्रतियोगितामा विभिन्न खेलमा सहभागी विद्यार्थीबाट उत्कृष्ट खेलाडीहरुलाई कोल्टीमा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइने आयोजकले बताएको छ ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य पदमबहादुर शाहीले उद्धघाटन् गरेको नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । बडीमालिका नगरस्तरीय खेलकुद विकास समितिका संयोजक राजेश पायल विकको अध्यक्षतामा सम्पन्न गरिएको प्रतियोगितामा प्रमुख अतिथि बडीमालिकाका नगरप्रमुख अमर खड्का रहेका थिए ।

त्यस्तै विशिष्ट अतिथि उपप्रमुख नन्दा कुमारी थापा, प्रमसख जिल्ला अधिकारी भिमकान्त पौडेल, डीएसपी कविन्द्र सिंह बोहरा, बडीमालिका ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापा, ९ का अध्यक्ष सुर्यकिरण विक, मालिका माविका विव्यस अध्यक्ष काँशी विक लगायत अतिथि रहेका थिए । प्रतियोगीतामा नगरपालिका भरिका ११ वटा बिद्यालयहरु सहभागी भएका थिए । प्रतियोगितालाई ४ हजार बढी खेलप्रेमी दर्शकहरुले प्रत्येक्ष अवलोकन गरेका थिए ।

प्रतिक्रिया