बाजुरा : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले आसन्न स्थानीय तहकोे निर्वाचनसँग आफ्नोे गृह जिल्ला भ्रमणको कुनै सम्बन्ध नरहेको बताएका छन् ।
आज नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले आयोजना गरेको पत्रकार सम्मेलन तथा बधाई कार्यक्रममा प्रमुख जोशीले गृह जिल्ला भ्रमण र स्थानीय निर्वाचनको संयोग मिल्योको बताउँदै यसमा आफ्नो कुनै पनि सम्बन्ध नरहेको बताएका हुन् ।
सम्मेलनमा निर्वाचनको नजिकमै तपाईको भ्रमण किन भन्ने पत्रकारको प्रश्नमा उहाँले निर्वाचन र भ्रमणको संयोग मिल्एको बताएका छन् । एक फरक प्रसंगमा बोल्दै जोशीले भ्रमण बाखा्र हराउनु र सिकार कराउनु संयोग जस्तै भएको बताएका छन् ।
उनले यसलाई कसैले शुनियोजित ठानेका होलान् तर कसैले पनि शुनियोजित नठान्न आग्रह गरेका छन् । प्रदेश प्रमुख भएपछि निर्वाचन र भ्रमणको मिति तयको केबल संयोग मात्र मिल्न गएको बताउँदै जोशीले बाजुराली जनतासंग भेटघाट बाहे कुनैपनि निर्वाचनसंग सम्बन्धीत गतिविधी नगरेको बताएका छन् ।
त्यस्तै तपाईका् कार्यकालमा बाजुराको विकास निमार्णमा तपाईको भूमकिा के रहन्छ भन्ने पत्रकरको प्रश्नमा उहाँले यसको जबाफ प्रदेश प्रमुखलाई कार्य गर्ने अधिकार नदिएको बताएका छन् ।
जिल्लाबाट आवश्यकता अनुसारको ध्यानाकर्षण र जानकारी गराए सम्बन्धीत स्थानमा छलफल र आवश्यकता दर्शाउने प्रक्रिया बाहेक अन्य गतिविधी गर्न अधिकार नभएको उनको भनाई रहेको छ ।
प्रदेश सरकारले बनाएका विधेकहरुमा सही र प्रमाणीकरण गर्ने त्यसमा कहीं कुनै कम्जोरी गरेको देखिन्छ भने यसलाई सुधार गर्ने निर्देशन दिने र प्रदेश सभा बैठको आब्हान गर्ने त्या बैठकलाई सम्बोधन गर्ने लगायतका काम र कर्तव्य रहेको उनले बताए ।
प्रदेश प्रमुखलाई केबल समन्वय गर्ने अधिकार मात्र दिएको बताउँदै प्रमुखलाई कुनै कार्य गर्ने अधिकार नदिएको हुँदा बाजुराका लागि यही गर्छु भन्न नसकिने जोशीको भनाई रहेको छ ।
पूर्व जनप्रतिनिधीको हैसियतले समन्वयको पाटोलाई मध्येनजर गरी बाजुराको विकास निर्माणहरुमा यहाँ जनप्रतिनिधी र कर्मचारी संयन्त्रको सल्लाहमा विकासका निम्तीे सम्बोधन गर्न पछि नहट्ने बताएका छन् ।
पत्रकार सम्मेलन कार्यक्रममा प्रदेश प्रमुख जोशीलाई संचारकर्मीले बधाई तथा शुभकामना दिएको थियो । पत्रकार महासंघ अध्यक्ष छक्क मल्लको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश प्रमुख देवराज जोशी नै रहनु भएको थियो भने बडीमालिका नगरपालिका उपप्रमुख कविता विष्ट, प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल, प्रहरी नायव निरीक्षक चर्तुभुज ओझा लगायत अतिथिमा रहनु भएको थियो ।
प्रमुख जोशीलाई महासंघले बधाई सहीत मायाको चिनो समेत प्रदान गरिएको थियो । सचिव नन्दा थापाले सञ्चालन गर्नु भएको कार्यक्रमा जिल्लामा उपलब्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।
उहाँको साताको भ्रमण भने जारी नै रहेको छ । जिल्लाको बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाका स्थानीयसँग भेटघाट तथा अन्तरक्रिया र साक्षात्यकार गरेर जोशी जिल्ला सदरमुकाम मार्तडीमा फागुन १६ गते आइपुगेको हुन् ।
प्रतिक्रिया