गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०३:३०
Dho

प्रदेश प्रमुख जोशीद्धारा गौमुल गाउँपालिकाको विकासप्रति प्रशंसा

pramit bk pramit bk
बिहीबार, फागुन १९, २०७८
प्रदेश प्रमुख जोशीद्धारा गौमुल गाउँपालिकाको विकासप्रति प्रशंसा

बाजुरा : सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले गौमुल गाउँपालिकाले गरेको विकासप्रति खुलेरै प्रशंसा गरेका छन् । आज गाउँपालिकाले आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रमको सम्बोधन गदैं उहाँले यस्तो बताएका हुन् ।

स्थानीय जनप्रतिनिधि निर्वाचित भएको ५ वर्षमा गौमुल गाउँपालिकाले गर्नुपर्ने विकास द्रुत गतिमा गरेकोप्रति गाउँपालिकालाई धन्यवाद दिएका छन् । विकास एक्लैले सम्भव नहुने भएका कारण सबैले साझा धारणा बनाएर अघि बढ्न निर्देशन समेत दिए ।

निर्वाचनका बेला फरक राजनीतिक दल र विचारबाट निर्वाचित भएर सरकारमा गएपनि विकासका लागि सबै राजनीतिक दलसंग समन्वय गरेर अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।जिल्लाका अन्य स्थानीय सरकार भन्दा गौमुल गाउँपालिकाले विकासमा राम्रो फड्को मारेको बताउँदैं आगामी दिनमा आफु प्रदेश प्रमुख भएको हैसियतले सहयोग गर्ने वचन दिएका छन् ।

विभिन्न अथाह प्रचुर सम्भावना बोकेको जिल्लामै पहिलो गाउँपालिकाको रुपमा गौमुल गाउँपालिका रहेका कारण सम्भावनाको खोजिमा जनप्रतिनिधिहरुले बिशेष जोड दिन जोशीले आग्रह गुर्नु भएको छ । सबै राजनीतिक दलको अन्तिम गन्तव्य र उद्देश्य विकास नै भएका कारण विकास प्रति सबैले साझा भएर अघि बढ्न अनुरोध गर्नुभएको छ । विकासका लागि होडबाजि नभई एकमत भएर लागे सम्भव मात्र रहेको बताएका छन् ।

आफु प्रदेश प्रमुख रहेसम्म जिल्लाको विकासका लागि कुनै कसुर बाँकी नराख्ने बताउँदै गौमुलको विकास लागि हरदम तयार रहने बताए । गौमुल गाउँपालिकाले गरेको न्यानो सत्कार तथा सम्मानप्रति गाउँपालिकालाई दिनु भएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले विकासका दृष्टिकोणमा गौमुल गाउँपालिका धेरै अघि बढेको बताएका छन् । विकासका लागि सबैको संकल्प र सपनाबाट गर्न सकिने भएका कारण आफु सहयोग गर्न तयार रहेको बताए । जिल्लामा सार्वजनिक शिष्टाचार, शान्ति सुरक्षा अमनचयन, सुशासनका लागि उच्च ईमान र निष्ठाका साथ अघि बढ्ने पौडेलले भने ।

गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाको अध्यक्षतामा सञ्चालन भएको बधाई तथा स्वागत् कार्यक्रममा प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझा लगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गौमुल गाउँपालिकाका वरिष्ठ सदस्य कलक बहादुर सिंह, वडाअध्यक्ष प्रकाश रोकाया, बल बहादुर रोकाया, चक्र बोहरा, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव अफिलाल जैशी, प्रेस सल्लाहकार छक्क मल्ल, नेपाली काँग्रेस गौमुल गाउँकार्य समिति सभापति राजबहादुर धामी, नेकपा एमाले गौमुल गाउँ कमिटी उपाध्यक्ष गीता रोकाया, पत्रकार महासंघका बाजुराका सहसचिव रमित विक लगायत गौमुल गाउँपालिकामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्टले सञ्चालन गरेको कार्यक्रम गाउँपालिकाको सभाहलमा सञ्चालन गरिएको हो । प्रदेश प्रमुख देवराज जोशीको स्वागतका लागि गौमुल गाउँपालिका बासीको लस्कर लागेको थियो । नेपाली काँग्रेसबाट २०४८ सालको आमनिर्वाचन र २०६४ सालको संविधान सभा निर्वाचन जितेका जोशी निष्ठा र ईमानको राजनीतिक छवी बनाएका थिए ।

गठनबन्धको नेतृत्वको सरकारले जोशीलाई प्रदेश प्रमुख बनाएको थियो । प्रदेश प्रमुख भए लगत्तै गृह जिल्ला आउने रहर भएर पनि समय व्यवस्थापन गर्न नसक्दा ढिलाई भएको प्रदेश प्रमुखको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया