बाजुरा ः बडीमालिका नगरपालिकाले बाउली खोलाको जोखिमपूर्ण बाटोमा फलामे सिढी जडान गरेको छ । मार्तडी-कोल्टी सडकखण्ड अन्तर्गत झोलुङ्गे पुलको मुखमा रहेको जीर्ण र अप्ठ्यारो पक्की सिढी हटाएर नयाँ फलामे सिढी निर्माण गरिएको छ ।
जीर्ण सिढीबाट ज्यानको जोखिम मोलेर आवतजावत गर्दै आएका स्थानीयको समस्यालाई मध्यनजर गर्दै नगर सरकारले सिढी निर्माण गरेको हो । गत असार १५ गते नगर प्रमुख अमरबहादुर खड्काले स्थलगत अनुगमन गरेलगत्तै सिढी जडान गरिएको हो ।
स्थानीय जंग विकका अनुसार पहिलाको तुलनामा अहिले आवतजावत सहज र सुरक्षित बनेको बताएका छन् । वर्षायाममा सडक अवरुद्ध हुँदा मार्तडीदेखि बडीमालिका-७ तथा पूर्वीउत्तरी क्षेत्रतर्फ यही बाटो प्रमुख वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको नगर प्रमुख खड्काले बताएका छन् ।
नगर सरकारले नागरिकको सुरक्षालाई ध्यानमा राख्दै तत्कालै सिढी निर्माण गरेको हो । यसअघि सिढीको आधारका लागि राखिएको ग्याबिन जाली समेत भासिएर बाटो झन् जोखिमपूर्ण बनेको थियो ।
प्रतिक्रिया