गाैमुल खबर डटकम आइतबार २५, जेठ २०८२ ००:१३

आगलागीका कारण इन्टरनेट सेवा अवरुद्ध

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, जेठ २४, २०८२
आगलागीका कारण इन्टरनेट सेवा अवरुद्ध

बाजुरा ः बुढीगंगा नगरपालिका-६ मा पर्ने बाम्का बजारमा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी भएपछि जिल्लामा इन्टरनेट सेवा अवरुद्ध भएको छ । साँफे-मार्तडी राजमार्गमा पर्ने बाम्का बजारमा शुक्रबार नवदुर्गा होटलमा ग्यास पड्किएर आगलागी हुँदा इन्टरनेटको तार जलेपछि सेवा अवरुद्ध भएको छ ।

बाम्का बजारमा आगलागी भएपति विद्युतको तारसंगै इन्टरनेटको पनि जलेको नेपाल टेलिकम दुर सञ्चार कार्यालय बाजुराका प्राविधिक विवेक थापाले बताएका छन् । टेलिकमको तार जलेको डडेल्धुरामा खबर गरिसकेको छ ।

फाइबर इन्टरनेटको तार त्रिवेणी नगरपालिका र बुढीगंगा नगरपालिकाको जलेर नष्ट भएको छ । भने मार्तडीको इन्टरनेटको तारको लिंकमा पनि खराबी आएका कारण इन्टरनेट सेवा सुचारु हुन नसकेको हो । इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्लाका सञ्चार माध्यम र सरकारी तथा वित्तिय संस्थाहरुको काम प्रभावित बनेको छ । 

प्रतिक्रिया