गाैमुल खबर डटकम शनिबार १४, असार २०८२ ०८:४८

‘ग्रीन गार्डेन’ बन्दै जिल्ला प्रशासन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शनिबार, चैत ३०, २०८१
‘ग्रीन गार्डेन’ बन्दै जिल्ला प्रशासन

बाजुरा ःजिल्ला प्रशासन कार्यालय बाजुरा ‘ग्रीन गार्डेन’ बनाउने गरी कार्यालय वरिपरी फूलहरुका विरुवाहरु रोपिएका छन् ।

प्रशासनमा सेवा लिनका लागि आउने सेवाग्राही तथा आम नागरिकलाई प्राकृतिक वातावरणमा रमाउने उद्देश्यका साथ विरुवा रोपिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् ।

वातावरणीय सन्तुलन कायम राखी आकर्षित र फूलहरु रोपेर रंगीचंगी बनाउने गरी विभिन्न प्रजातिका फूलहरु रोपिएको प्रजिअ पाध्याको भनाई रहेको छ । फूलहरु प्रकृतिको मुस्कान हुन् । फूलहरु सौन्दर्यका प्रतीक पनि मानिने गरिन्छ ।

त्यसैले सुगन्धित र सौन्दर्यपूर्ण बनाईने भएको छ । फूलहरु सौन्दर्यका लागि, धार्मिक र सांस्कृतिक प्रयोजन, प्राकृतिक सन्तुलनका लागि, औषधीय उयोगका लागि, व्यवसायीक उद्देश्यका लागि र सन्देश र भावना व्यक्त गर्न रोप्ने गरिन्छ । 

प्रतिक्रिया