गाैमुल खबर डटकम शुक्रबार २०, भदौ २०८२ ०८:०८

हुम्लाको नाम्खामा ३९ वटा हिउँ चितुवा भेटिए

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, चैत २६, २०८१
हुम्लाको नाम्खामा ३९ वटा हिउँ चितुवा भेटिए

सुर्खेत ः हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा ३९ वटा हिउँ चितुवा रहेको पत्ता लागेको छ । नाम्खा क्षेत्रमा ६१ वटा क्यामेरा जडान गरेर हिउँ चितुवाको अध्ययन गर्दा ३९ हिउँ चितुवा कैद गरिएको हिउँ चितुवा अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामाले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले हिउँ चितुवाको तथ्याङ्क ल्याउने कार्य सकिएको बताए । माथिल्लो डोल्पामा हिउँ चितुवा पाइएसँगै हुम्लामा पनि पाइने अनुमानका आधारमा हिउँ चितुवाको गणनाको काम गरिएको थियो ।

गाउँपालिकाले पनि अब हिउँ चितुवा संरक्षणका लागि कार्यक्रम बनाउने अध्यक्ष लामाले बताए । डिभिजन वन कार्यालय हुम्लाको समन्वयमा उकाली तथा तेस्रो धुव्र संरक्षणले हिउँ चितुवाको अध्ययन गरेको थियो ।

सहायक वन अधिकृत बाबुलाल बम्जनका अनुसार ‘क्यामरा ट्यापिङ’ प्रविधिको प्रयोग गरेर सन् २०२२ देखि २०२३ सम्म दुर्लभ हिउँ चितुवाको सङ्ख्या गणना गरिएको थियो ।

नाम्खाभित्रको मात्र अध्ययन गरिएको सहायक वन अधिकृत बम्जनले बताए । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नाम्खामा छ वडा रहेका छन् । कुल क्षेत्रफल करिब दुई हजार ४१९ दशमलव ६४ वर्ग किमी रहेको छ ।

प्रतिक्रिया