गाैमुल खबर डटकम बिहीबार २९, फागुन २०८१ १०:४८

बडीमालिकाको मनामा एक दिने निःशुल्क पशु  शिविर सञ्चालन

गाैमुल खबर गाैमुल खबर
सोमबार, माघ २८, २०८१
बडीमालिकाको मनामा एक दिने निःशुल्क पशु  शिविर सञ्चालन

बाजुरा : बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ५ मनामा १ दिने निःशुल्क पशु शिविर सञ्चालन भई सम्पन्न भएको छ । नगरपालिका पशु सेवा शाखाको प्राविधिक सहयोगमा तथा वडा कार्यालयको आयोजनामा निःशुल्क पशु शिविर सञ्चालन गरिएको हो ।

शिविरमा बाख्रामा हुने विभिन्न खालका रोगहरुको  चेकजाँच तथा उपचार गरि महामारी नियन्त्रणका लागि पिपिआर भ्याक्सिन  लगाउनुका साथै आन्तरिक परजिबीका लागि जुका, खोकी, निमोनिया लगायत रोगको औषधि वितरण गरिएको पशु सेवा शाखाका प्रमुख गोपाल चन्द्र भण्डारीले बताएका छन् । 

वडाले आर्थिक वर्ष ०८१/०८२ का लागि बिनियोजन गरेको बजेट मार्फत बाख्रा पालक किसानहरुको समस्यालाई समाधान गर्न उक्त शिविर संचालन गरिएको वडाध्यक्ष  धर्मपाल मिजारले बताएका छन् । 

पिपीआर खोपले बाख्रामा हुने महामारी तथा अन्य संक्रमण रोगहरु कम्तिमा २ वर्षसम्म लाग्न नदिने हुँदा यो शिविर किसानका लागि अत्यन्तै फलदायी भएको उनले बताए । 

शिविरमा वडा क्षेत्र भित्रका ७० जना किसानका ६ सय बाख्रालाईे पिपीआर खोप लगाउनुको साथै आवश्यक चेकजाँचसहति उपचार गरिएको पशु सेवा शाखा प्रमुख भण्डारी बताएका छन् । 

प्रतिक्रिया