गाैमुल खबर डटकम शुक्रबार ३०, फागुन २०८१ १२:०४

घर–घरमा खानेपानीका धारा निर्माण गर्दै बुढीगंगा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, मङि्सर १७, २०८१
घर–घरमा खानेपानीका धारा निर्माण गर्दै बुढीगंगा

बाजुरा : बुढीगंगा नगरपालिकाले एक घर, एक धारा निर्माण गर्ने योजना अघि सारेको छ । नगरपालिकाका सम्पूर्ण वडामा खानेपानीका धारा निर्माण गरिने भएका छन् ।

संघीय सरकारको लगानी र नगर सरकारकाे समन्वयमा खानेपानी योजना निर्माण गर्ने गरी सर्भे गर्ने काम सोमबार सम्पन्न गरिएको छ ।

जसमा बुढीगंगा लिफ्टिङ खानेपानी योजना बुढीगंगा नदीबाट वडा नम्बर–२ र ३ का लागि ३० लाख लगानीमा निर्माण गरिने नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् ।

त्यस्तै ढोड टिमुरेकोट बाह्रबिस बृहत् खानेपानी योजना बुढीगंगा–७, ८ र ९ नम्बर वडा, अहुज्या तल्लो चुनेपानी खानेपानी वडा नम्बर–५ र बसाली लिफ्टिङ वडा नम्बर ३ गरी करिब २० लाख रुपियाँमा तीन वटा खानेपानी योजना निमार्ण गरिने भएका छन् ।

नगरपालिकाका प्रत्येक घरमा खानेपानी योजना निमार्ण गरी अबको केही वर्षमा प्रत्येक घरमा खानेपानीका धारा पुग्ने विश्वास नगरले लिएको नगर प्रमुख बाँनियाले बताए ।

कतिपय वडाहरुका नागरिक खानेपानीबाट बञ्चित भएकोले अबको केही वर्ष भित्रमा घरमै खानेपानीका पुर्याउने लक्ष्य नगर सरकारको रहेको छ ।

संघीय सरकारको लगानीमा निमार्ण हुने खानेपानीबाट ५ वडा वडाका सम्पूर्ण स्थानीय लाभान्वित हुने भएका छन् । खानेपानी आयोजनाबाट उक्त वडाका ६ हजार जनसंख्या मध्ये २ हजार बढी परिवार खानेपानी सुविधा पाउने भएका छन् ।

एक घर, एक धारा निर्माण गर्ने योजनाको सर्भे भएपछि स्थानीय खुसी भएका छन् । खानेपानीका कारण वर्षौसम्म समस्या झेल्दै आएका स्थानीय खुसी भएका छन् ।


 

प्रतिक्रिया