गाैमुल खबर डटकम शुक्रबार ०४, असोज २०८१ ०६:००
Dho

बाजुराको गौमुलमा ७० जनाको मनोनयन दर्ता, यी हुन उम्मेदवार(नामसहित)

रमित वि.क.
मङ्गलबार, बैशाख १३, २०७९
बाजुराको गौमुलमा ७० जनाको मनोनयन दर्ता, यी हुन उम्मेदवार(नामसहित)

१३ वैशाख, बाजुरा । गौमुल गाउँपालिकामा ७० जनाको मनोनयन दर्ता भएको छ । स्थानीय तहको निर्वाचनका लागि गौमुल गाउँपालिकाका ६ वटा वडाबाट स्वतन्त्र र दलगत गरी ७० जनाको उम्मेदवारी परेको छ । गौमुल गाउँपालिकाको केन्द्र घट्मुना स्थित निर्वाचन अधिकृतको कार्यालयमा आईतबार र सोमबार दुई गरी विभिन्न दलहरुले तामझामका साथ मनोनयन दर्ता गरेका हुन्  ।

गौमुल गाउँपालिकामा रहेका सबै दल गरी ७० जनाले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत शान्ति बहादुर बस्नेतले बताएबा छन् । विभिन्न पदमा नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी, एकिकृत समाजवादी र राप्रपाले उम्मेदवारी दर्ता गरेको उहाँले बताए ।

नेकपा एमालेको तर्फबाट गौमुल गाउँपालिकाको अध्यक्षमा हरि बहादुर रोकाया, उपाध्यक्ष सीता थापा, नेपाली काँग्रेसबाट अध्यक्षमा हिरेन्द्र बहादुर रोकाया, उपाध्यक्षमा उमा रोकाया, एकिकृत समाजवादीबाट अध्यक्षमा लालबहादुर रोकाया, उपाध्यक्षमा रिता विक, राप्रपाबाट मान बहादुर रोकायाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत बस्नेतले बताएका छन् ।

माओवादीबाट भने गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता नभएको पाईएको छ । माओवाबादी केन्द्रबाट ६ नम्बर वडाबाट संगीता रोकाया .३ नम्बर वडाबाट शिवलाल रोकायाले भने माओवादी केन्द्रबाट वडाध्यक्षमा मनोनय दर्ता गरेका छन् । त्यस्तै ६ नम्बर वडाबाट सोनु रोकायाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी छन् ।

नेकपा एमालेको तर्फबाछ गौमुल गाउँपालिका–१ को वडा अध्यक्षमा देव बहादुर रोकाया, महिला वडा सदस्यमा सीता रोकाया, दलित महिला सदस्यमा मैना चदाँरा र खुला सदस्यमा सूर्यबहादुर रोकाया र फुगे रोकायाले मनोनयन दर्ता गरेका छन् ।
 भने नेपाली काँग्रेसबाट वडाध्यक्षमा रामबहादुर रोकाया, महिला सदस्यमा पुनी रोकाया, दलित महिला सदस्यमा सुर्जा विक र सदस्यमा गिठे बोहरा, हरि बहादुर रोकायाले मनोनयन दर्ता गरेका छन् ।

त्यसैगरी २ नम्बर वडाबाट नेकपा एमालेबाट वडाध्यक्षमा देव बहादुर रोकाया, महिला सदस्यमा गीता रोकाया, दलित महिला सदस्यमा जवा सार्की, सदस्यमा देव बहादुर बोहरा, प्रेम बहादुर रोकायाले मनोनयन दर्ता गरेका छन् ।
 नेपाली काँग्रेसबाट वडाध्यक्षमा राजबहादुर धामी, महिला सदस्यमा चुफी बोहरा, दलित महिला सदस्यमा दिपुला सार्की, सदस्यमा वैैशाखे धामी र रुपबहादुर रोकायाले मनोनयन दर्ता गरेका छन् ।

यसैबीच ३ नम्बर वडाबाट नेकपा एमालेबाट वडा अध्यक्ष गोरख बोहरा, महिला सदस्यमा विमला देवी धामी, दलित महिला सदस्यमा नर्मा देवी विक र सदस्यमा भानबहादुर धामी र लालबहादुर विकले मनोनयन दर्ता गरेका छन् । सोही वडाबाट नेपाली काँग्रेसमा वडाध्यक्षमा धन बहादुर रोकाया, महिला सदस्य विमला धामी, दलित सदस्य जमुना विक, सदस्यमा चन्द्रबहादुर धामी र केश बहादुर बोहराले मनोनयन दर्ता गरेका छन् ।

यसैबीच ४ नम्बर वडामा नेकपा एमालेबाट वडाध्यक्षमा अम्मर बहादुर विक, महिला सदस्य गीता रोकाया, दलित महिला सदस्य जना सार्की, सदस्य मंगल धामी, तुसार सार्की रहेका छन् भने काँग्रेसबाट वडाध्यक्षमा भुपाल बहादुर रोकाया, महिला सदस्य कञ्चा धामी, दलित महिला सदस्य धौली विक र सदस्यमा अर्जुनबहादुर रोकाया र मनबहादुर रोकायाले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै ५ नम्बर वडामा नेकपा एमालेबाट वडाध्यक्षमा कलक बहादुर सिंह, महिला सदस्यमा खिना बुढा, दलित महिला

सदस्यमा शान्ति विक र सदस्यमा राम बहादुर रोकाया, रामे रोकायाले मनोनय दर्ता गरेका छन् भने सोही वडामा नेपाली काँग्रेसबाट वडाध्यक्षमा रामबहादुर बुढा,  महिला सदस्य बुदी रोकाया, दलित महिला सदस्यमा मना विक र खुला सदस्यमा बादुरे रोकाया, दली रोकायाले मनोनयन दर्ता गरेका छन् ।

गौमुल गाउँपालिका ६ नम्बर वडामा नेकपा एमालेबाट वडाध्यक्षमा प्रकाश बहादुर रोकाया, महिला सदस्यमा राजेन्द्रा (विष्ट) रोकाया, दलित महिला सदस्य धना विक, सदस्यमा तुलसीराम रोकाया र कलक चदाँराले मनोनय दर्ता गरेका छन् ।

सोही वडामा नेपाली काँग्रेसबाट वडाध्यक्षमा नरेन्द्र बहादुर रोकाया, महिला सदस्यमा मुना कुमारी बुढ्थापा रोकाया, दलित महिला सदस्यमा संगीता सार्की, सदस्यमा सीता रावल, गोरख बहादुर रोकायाले मनोनयन दर्ता गरेको गौमुल गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया